arrow

तपार्इंले कस्तो तेल खाने गर्नुभएको छ ? उत्पादनमा यस्तो छ नेपालको अवस्था

logo
प्रकाशित २०७३ मंसिर ६ सोमबार
Production.jpeg
काठमाडौं । विश्व बजारमा २०१४ अर्थात् २ वर्ष अगाडि खानेतेलको उत्पादनको लागि प्रयोग गरिने कच्चा पदार्थमा भारी गिरावट आएको संयुक्त राष्ट्र संघ अन्तर्गत्को खाद्य तथा कृषि संगठन (एफएओ) को एक प्रतिवेदनले औल्याएको छ । सो वर्ष अत्यधिक मात्रामा सोयाविनको भने उत्पादन भएको थियो । तर, सनफ्लावरको तेल, बदाम जस्ता तेलका कच्चा पदार्थहरुको उत्पादनमा भने उच्च गिरावट आएको उक्त प्रतिवेदनले औल्याएको छ । 
 
प्रतिवेदनमा नै उल्लेख गरिएको छ कि सीमित एशियाली मुलुकहरुमा मात्रै तेलको कच्चा पदार्थलाई सीधै खानाको रूपमा प्रयोग गर्ने गरिएको छ । यस्तै, जानकारी राख्नु परेको विषय के छ भने नेपालमा उपभोग हुने तेलको कतिप्रतिशत नेपाली उत्पादनले धानेको होला ? नेपालीहरुमध्ये औषत्मा कति प्रतिशतले तेलको उपभोग गर्ने गरेका होलान् ? र कतिले नेपाली उत्पादन प्रयोग गर्ने गरेका होलान् ? यो अनुमान तथ्याङ्क राख्नुपर्ने सरकारी निकायहरु केन्द्रीय तथ्याङक विभाग, कृषि विकास मन्त्रालय लगायतका कुनैपनि निकायसँग यसको विवरण रहेको पाईएन । तर, नेपालमा उत्पादन हुने तेलको परिमाणले भने नेपालमा शुद्ध नेपाली तेलको कति उपभोग हुने गरेको छ भन्ने मोटामोटी जानकारी प्राप्त गर्न सकिन्छ । 
 
नेपालको कूल उत्पादन क्षमता र नेपालको कूल खेतीयोज्य भूभाग मध्ये कति क्षेत्रफलमा तेलहनको उत्पादन गर्ने गरिको छ भन्ने विषयमा भने सरकारी निकायको तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ । 
 
कृषि विकास मन्त्रालयले हरेक आर्थिक वर्षको कूल उत्पादनको विषयलाई समेटेर वार्षिक प्रतिवेदन निकाल्ने गरेको छ । ‘नेपाली कृषि क्षेत्रको तथ्याङ्कीय सूचना’ नामक बुलेटिनमा कृषि विकास मन्त्रालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७१ ७२मा नेपालको कूल भूभाग मध्ये ३० लाख ९१ हजार हेक्टर जमिन खेतीगर्न योग्य रहेको छ । त्यस्तै, कूल भूभागमध्ये १० लाख ३० हजार जमिन खेतीका लागि अयोग्य र ५६ लाख २८ हजार हेक्टर वनजंगल रहेको प्रतिव्दनमा उल्लेख छ । कूल ३८ लाख ३१ हजार जनसंख्या नेपालमा प्रत्यक्ष कृषिमा लाग्ने गरेको पनि मन्त्रालयको तथ्याङ्कले देखाएको छ । 
 
त्यस्तै, नेपालमा उत्पादन हुने विभिन्न तेलहन बालीहरुमध्ये सबैभन्दा बढी उत्पादन हुने बस्तुमा तोरी सबैभन्दा बढी, त्यसपछि भट्टमास र त्यसपछि मात्रै सनफ्लावर तेलको कच्चा पदार्थ उत्पादन हुने गरेको छ । नेपालमा तोरी पछि सबैभन्दा बढी उत्पादन हुने भट्टमासको भन्दा बढी बजार खाएको सनफ्लावरको उत्पादन भने नेपालमा अत्यन्तै कम हुने गरेको छ । जुन ६ हजार ७ सय ५२ हेक्टरमा १२ हजार ९ सय २४ मेट्रिक टन उत्पादन हुने गरेको छ । 
 
नेपालमा कति हुन्छ तेलजन्य कृषि उपजको उत्पादन ?
 
नेपाल विश्व अर्थतन्त्रमा उदीयमान मुलुकहरुको बीचमा बसेको एक कृषि प्रधान मुलुक हो । थोरै क्षेत्रफल भएपनि प्राकृतिक दृष्टिले ज्यादै महत्वपूर्ण भूभागमा रहेको नेपाल उब्जाउको हिसावले पनि ज्यादै महत्वपूर्ण रहेको छ । यही कृषि उपज मध्ये तेलजन्य कृषि सामग्री पनि एक महत्वपूर्ण कृषि उपज हो । 
 
नेपालमा विभिन्न तेलजन्य कृषि उपजको उत्पादनलाई हेर्दा सबैभन्दा बढी तोरीको तेल उत्पादन हुने गरेको छ । नेपालको कूल १ लाख ७६ हजार २ सय ५९ हेक्टर क्षेत्रफलमा १ लाख ५४ हजार १ सय ५ मेट्रिक टन तोरी नेपालमा उत्पादन हुने गरेको कृषि विकास मन्त्रालयले जनाएको छ । जुन छिमेकी मुलुक भारतमा कूल ७१.३० लाख हेक्टर क्षेत्रफलमा ७३ लाख टन मात्रै तोरी उत्पादन हुने गरेको भारत सरकारको तथ्याङ्कले देखाएको छ । 
 
विश्वमा बढी तोरी उत्पादन हुने मुलुकमा क्यानडा सबैभन्दा अगाडि रहेको छ भने त्यसपछि सबैभन्दा बढी तोरी उत्पादन हुने मुलुक नेपाल रहेकाे एक प्रतिवेदनले देखाएकाे छ। विश्वमा उपभोग हुने तोरीको कूल उत्पादनको २८ प्रतिशत हिस्सा क्यानडाले ओगटेको छ भने त्यसपछिको सबैभन्दा बढी उत्पादन हुने मुलुकको रुपमा रहेको नेपालले २६ प्रतिशत हिस्सा ओगटेको एक प्रतिवेदनमा उल्लेख गरेको छ । 
 
नेपालमा त्यसपछिको सबैभन्दा बढी उत्पादन हुने तेलहन बाली हो सोयाविन । सरकारको तथ्याङ्क अनुसार नेपालमा कूल २३ हजार ५ सय ८८ हेक्टर क्षेत्रफलमा कूल २८ हजार ३ सय १९ मेट्रिक टन सोयाविन उत्पादन भएको थियो । यो आर्थिक वर्ष २०७१ ७२को तथ्याङको आधारमा तयार पारिएको तथ्याङक हो । नेपालमा तेल उत्पादनको लागि प्रयोग गरिने महत्वपूर्ण नौ वटा वालीको उत्पादन क्षेत्र र उत्पादनको परिमाणलाई तलको तालिकामा देखाईएको छ । 
 
आदिकालदेखिको निरन्तरता 
 
विश्वमा खाने तेलको प्रयोगलाई ऐतिहासिक दृष्टिले हेर्ने हो भने आदि कालदेखिको इतिहास भेट्न सकिन्छ । इशाको ३ हजार वर्ष पहिले लेखिएका हिन्दू ग्रन्थहरुमा तेललाई एउटा पवित्र कार्यको लागि प्रयोग गर्ने गरिएको छ । 
 
विशेषगरी त्यतिबेला तोरीको तेलमात्रै बढी प्रयोग हुने भएकोले यसलाई पवित्र मानिँदै आएको छ । यस बाहेक पनि २००० वर्षको इतिहास बोकेको इजिप्टियन ग्रन्थमा होस् कि एक हजार वर्ष अगाडिका चिनियाँ ग्रन्थहरुमा होस् खानको लागि प्रयोग गरिने तेलको व्याख्या गरिएको पाइन्छ । तर त्यतिबेला अरु भन्दा पनि तोरीलाई बढी महत्व दिईएको पाईन्छ । अन्य खाद्यबालीबाट तेल निकाल्ने प्रचलन भने पछिल्ला केही शताब्दी अघिबाट मात्रै सुरु भएको अन्तराष्ट्रिय प्रतिवेदनहरुले जनाएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ