arrow

एन्डुरो रत्नाङ्गेको उपाधि ह्युगो र कोरिनलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १२ सोमबार
enduro-ratnange-phaplu.jpg

सोलुखुम्बू । फ्रान्सेली ह्यूगो पिजन र क्यानडेली कोरिन प्रिवोटले रत्नाङ्गे इन्डुरोको दोस्रो सिजनको उपाधि जितेका छन् । सोलुखुम्बूको फाप्लूमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने । 

साविक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो बनेका छन् । महिलातर्फको स्पर्धामा कोरिन पहिलो बन्दा उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरेकी छिन् ।

सर्वोच्च शिखर सगरमाथालाई पृष्ठभूमिमा राखेर एन्डुरो रत्नाङ्गेको दोस्रो सिजन फाप्लूमा सम्पन्न भएको हो । प्रतियोगितामा विश्व स्तरका बाइक राइडरसहित ४९ साहसी खेलाडीले सहभागिता जनाएका थिए । 

एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रुपमा विकास गरिएको छ । दोस्रो संस्करणको प्रतियोगितामा फ्रान्सका तीन प्रतिष्ठित खेलाडीको रुपमा रेमी एब्सलान, ह्यूगो पिजन र एमेरिक इन्जर सहभागी थिए । 

कठिन रुटमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीको रुपमा प्रसिद्ध राइडरले प्रतियोगितामा नयाँ आयाम थपेका थिए । रत्नाङ्गे ट्रेल सेन्टरमा आयोजित प्रतियोगिताबाट दर्शकलाई रोमाञ्चक खेल अवलोकनमात्र नभएर स्थानीय समुदायमा महत्वपूर्ण आर्थिक सम्भावनालाई प्रस्फुटन गर्ने आयोजक फाप्लू माउन्टेन बाइक क्लबले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ