arrow

आयरल्याण्ड ‘ए’ सँग लगातार दुई खेल जितेपछि यसो भन्छन् रोहित र मोन्टी

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १४ बुधबार
nepal-ireland-kushal.jpg

काठमाडौँ । नेपालले आयरल्याण्ड ‘ए’ सँगको लगातार दुई खेल जितेको छ । त्रिवि मैदान कीर्तिपुरमा भएको खुवै खेल नेपालले फराकिलो अन्तरले जितेको हो । 

जितसँगै राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ सेखले आयरल्याण्डको टोलीसँग दुई खेल जित्नु सुखद पक्ष रहेको बताएका छन् ।

ट्वान्टी–२० विश्वकप अगाडि राम्रो टोलीसँग खेल्नु र जित्नु राम्रो पक्ष हुने उनको विश्वास छ । उनले दुवै खेलमा समग्र टिम इफोर्ट देखिएको समेत बताए । शुरुवात र अन्त्यमा राम्रो ब्याटिङ हुँदा राम्रो योगफल बनाउन सफल भएको आसिफले बताए ।

 नेपालका कप्तान रोहितकुमार पौडेलले आयरल्याण्ड ‘ए’ भए पनि टोली राम्रो रहेको उल्लेख गर्दै पाँच खेलाडी सिनियर टोलीबाट खेलेको बताए । उनले अवसर नपाएका खेलाडीलाई पछिल्ला खेलमा प्रयोग गर्न पाइरहेको पनि उल्लेख गरे ।

कप्तान रोहितले विश्वकप खेल्ने टोली तय नभइसकेको पनि स्पष्ट पारे । कुशल भुर्तेल र कुशल मल्ललाई बलिङमा अवसर दिनु टोलीका लागि विकल्पका रूपमा तयार पारिएको कप्तान रोहितले उल्लेख गरे । उनले भारतमा राम्रो तयारी गर्न पाए एसिसी प्रिमियर कपका लागि राम्रो हुने धारणा राखे। रोहितले भारतको स्टेटको टोली राम्रो रहेको पनि स्पष्ट पारे । 

नेपालका प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्रको ‘ए’ टोली कमजोर नहुने उल्लेख गर्दै एसोसिएट राष्ट्रसँग सेट टोली बनाउन विकल्प कम हुने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ