arrow

बेल्जियममा कवि श्रेष्ठ सम्मानित

logo
प्रकाशित २०७३ मंसिर ७ मंगलबार
kabi-shrestha.jpeg
लुभेन, बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले बरिष्ठ साहित्यकार तथा संस्कृतिकर्मी कवि तीर्थ श्रेष्ठको सम्मानमा गरेको छ । सम्मान ग्रहण गर्दै कवि श्रेष्ठले प्रवासमा रहने नेपालीहरुको हृदयमा नै राष्ट्रियता रहिरहने तथा भाषाको संरक्षणले साँस्कृतिक पहिचानलाई जीवन्त तुल्याउने हुदा  विदेशमा नेपालीहरुको भाषाप्रतिको सचेतना तथा सक्रियताको प्रशंसा गरे ।
 
सम्मान कार्यक्रमका अतिथी एनआरएन बेल्जियमका अध्यक्ष गँगाधर गौतमले साहित्यकार तथा भाषासेवीहरु राष्ट्रका सम्पत्ति हुने हुँदा संसारमा जहाँ पुगेपनि सम्मानित हुनुपर्ने संस्कारको विकास जरुरी रहेको उल्लेख गरे। विदेशी माटोमा सर्जकहरुको उपस्थितिले आफूहरुलाई देशप्रतिको जिम्मेवारीप्रति थप जागरुक तुल्याएको बताउदै उनिहरुको उपस्थिति सधै प्रेरणाप्रदः रहने बताए ।
 
सभापतिको आसनबाट अनेसास बेल्जियमका अध्यक्ष दीपकज्योति पौडेलले अनेसासको विकासक्रम र सक्रियतावारे चर्चा गर्दै कवि श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ