arrow

सीड्नीमा परराष्ट्र मन्त्री महत

logo
हेमन्त काफ्ले,
प्रकाशित २०७३ मंसिर ८ बुधबार
pararastriayamantri.jpeg
 
सीडनी ।  नेपालका परराष्ट्र मन्त्री प्रकाशसरण महत एक साताब्यापी उच्चस्तरिय भेटघाट तथा नेपाल महोत्वसवमा सहभागि हुन अस्ट्रेलिया आइपुगेका छन । परराष्ट्र मन्त्री महतले एनआरएन अस्ट्रेलियाले हरेक दुइ बर्षमा आयोजना गर्ने नेपाल महोत्सवको उदघाटन गर्नुका साथै यहाका उच्च पदस्थ राजनितीज्ञहरुसँग आपसी भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
 
 मन्त्री महतले बिहिवार बिहानै अस्ट्रेलियाको ठुलो राजनितीक पार्टी लेबरका अध्यक्ष बिल सर्टनसँग दुइ देश बिचको आपसी सम्वन्ध र सहयोगका बिषयमा भेटघाट गर्ने कार्यक्रम रहेको अस्ट्रेलियाका लागि नेपालका कार्यबाह राजदुत राजेन्द्र पाण्डेले बताए । यस्तै बिहिबारनै मन्त्री महतले अस्ट्रेलियाको परारष्ट्र मन्त्री जुली बिशपसँग आपसी सहयोग र सदभाव अनि दुइ देश बिचको सहयोग आदान प्रदानमा बिषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ । 
 
साथै मन्त्री महतले बिहिवार अस्ट्रेलियाका राजनितीक दलका बिभिन्न नेता तथा सांसदहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । जसमा उनले इन्टरनेशनल डेभलोपमेन्ट मन्त्री रोरी स्टेवार्टसँग सहयोगका बिषयमा केन्द्रित रही अलफल गर्ने छन । त्यसपछि लेबरका सीनेटर साम दास्तीयार र मिचेली रोनाल्डले महतको आतिथ्यमा दिवाभोजको आयाजना गरेको कुरा नेपाली फ्रेन्ड्स अफ लेबरका संयोजक गणेश केसीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ