arrow

संविधान संशोधन : ‘मैले त पहिले नै ओके भनेको छुँ, कमल जीले पनि सघाउने भनिसक्नु भएको छ’

सरकारमा थप मन्त्री जान्छन्

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
pasupati-news-aaa.jpeg

काठमाडौं । हाम्रो जोड नेपाल हिन्दु राष्ट्र हुनुपर्छ भन्ने हो । तर, अहिले दलहरुले मान्दैनन् होला । हामी सत्तामै छौं । संविधान संशोधनका क्रममा त्यस विषयमा सोचिनु पर्दछ भनेर हामीले भन्यौं । यद्यपि, सबै बसेर छलफल भएको छैन । पार्टी एकतापछि चौथो ठूलो शक्ति बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले हाम्राकुरासँग भने ।

कुराकानीको सुरुवातमा राणाले ‘संविधान संशोधनका विषयमा पार्टी एकता पछि गहन छलफल भएको छैन । तर, एकता गर्नु अघि हामी दुवै पक्षका नेतासँग प्रधानमन्त्रीले कुरा गरेका थिए । त्यो बेला मसँग पनि भयो भएको थियो । मैले संविधान संशोधनमा सयोग गर्न तयार छौं भनेको हुँ । अहिले संवाद भएको छैन ।’

अब मैले मात्रै भनेर हुँदैन । एकिकरण भएपछि हामी सबैबीचमा छलफल हुनु पर्छ । अनि केन्द्रीय समिति बैठकमा के कुरा गर्नु भो ? जवाफमा राणाले भने, ‘गहन छलफल भएन । कुरा उठेको हो । संविधान संशोधन हुनुपर्छ भन्नेमा राप्रपा सकारात्मक छ ।’

अनि कमल थापा र तपाईको यसविषयमा कुरा भएको छैन ? राणाले भने, ‘कमल जीले पनि संविधान संशोधनमा सघाउने खालकै कुरा गर्नु भएको छ । हाम्रो औपचारिक छलफल भएको छैन ।’ कमल जी संशोधनकै पक्षमा हुनुहुन्छ । संविधान संशोधनलाई हामीले सकारात्मकै भनेका छौं ।
एकीकरण सभामा भड्काउ कुरा नभई जनमत संग्रहको कुरा गरेको हुँ
सोमबार दुई राप्रपाको एकीकरण हुँदा ११ वर्ष देखि साँचेको हाँसो हाँसेका राणाले बोल्दा पनि अलिक बढी बोलेको पत्तो पाएनन् । राणाले मुख्य दलहरुलाई चुनौती दिनेगरी संविधानमा भएको धर्म निरपेक्ष शब्द हटाउनु पर्ने सम्मको अभिव्यक्ति दिए ।

धर्मको विषयलाई किन भड्काउ कुरा गर्नु भा ? जवाफमा उनले भने, ‘मैले भड्काउनले खालले हिन्दु राष्ट्रको कुरा गरेको होइन । मैले त एक पटक पनि नसोधी धर्मनिरपेक्षता लाद्नेहरुलाई जनमत संग्रह गराउन सक्ने आँट छ भनेर चुनौती दिएको हुँ ।’ ९७ प्रतिशत हिन्दुहरुको आकांक्षा मार्न पाइन्छ –उनले प्रतिप्रश्न गरे ।

जनमतसंग्रह गर्न सजिलो ठान्नु भा छ । कति विषयमा जनमत संग्रह गर्ने ? राणाले भने, ‘मैले अन्य विषयको कुरा गरेको हैन । यसमात जनसंख्याका आधारमा जनमत संग्रह गर्न सजिलो छ । ८१ प्रतिशत खाटी हिन्दु छन् । ९४ प्रतिशत ओमकार जनसंख्या छ ।’

राणाले एकीकरण सभामा ‘९५ प्रतिशत हिन्दू बसोबास गर्ने मुलुकको नयाँ संविधानबाट धर्म्निरपेक्ष शब्द हटाउनुपर्छ, हिन्दूधर्म कायम गर्ने कि नगर्ने भन्नेबारे जनमतबाट छिनोफानो हुनुपर्छ, जनमत नगर्ने हो भने राप्रपाले त्यसका लागि हुने आन्दोलनको नेतृत्व गर्नेछ’– भनेका थिए ।

सरकारमा थप मन्त्री जान्छन्

आफुहरु सरकारमा रहिरहने बताउँदै राणाले भने, ‘हाम्रो भूमिका सहयोगात्मक रुपमा थप सशक्त हुन्छ ।’ मन्त्रीहरु नथप्ने ? राणाले भने, ‘यो परिस्थतिमा मन्त्रीहरु थपिन्छन् । हामीले मागेका छनौं र नेतृत्वकर्ता दलबाट प्रस्ताव पनि आएको छैन । तर, मन्त्री थपिन्छन् । कहिले थपिन्छन् भन्ने विषयमा अब छलफल हुन्छ ।’ मन्त्री कति जना थपिन्छन् भन्नेबारे नेतृत्वकर्तादलसँग छलफल भएपछि थाहा हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ