arrow

टिचिङका रेजिडेन्ट डाक्टरहरु ओपीडीमा काम नगर्ने

logo
प्रकाशित २०७३ मंसिर ९ बिहिबार
GKC-voice-sadak-lokman-news.jpeg

काठमाडौं । नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनमा आवद्ध चिकित्सकहरु शुक्रबारदेखि त्रिवि शिक्षण टिचिङ अस्पतालको बहिरंग विभाग(ओपीडी)मा काम गर्न नजाने भएका छन् ।

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको माग सम्बोधनमा सरकार संवेदनशील नभएको भन्दै एशोसिएशन आवद्ध चिकित्सकहरुले बहिरंग विभागको काममा नजाने बताएका हुन् । यसअघि रेजिडेन्ट चिकित्सकहरुले हातमा कालोपट्टी बााधेर काम गर्दै आएका थिए ।

एशोसिएशन अध्यक्ष लिजन महर्जनले मेडिकल हाम्राकुरासँग कुरा गर्दै भने, ‘हाम्रो आन्दोलन यसअघि नै सुरु भइसकेको छ । कालोपट्टीबाट सुरु भएको आन्दोलन विभिन्न चरण हुँदै बहिरंग सेवा नदिने सम्म पुगेको छ । केसीको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ ।’ केसीका माग सम्बोधनमा सरकार गम्भीर भएकै छैन ।

तपाईहरुले आन्दोलन गर्दा अस्पताललाई मार्का पर्दैन ? जवाफमा उनले भने, ‘मार्का पर्छ । तर, त्यो अस्पताल प्रशासनले जान्ने कुरा हो ।’ यो गैरजिम्मेवार कुरा भएन र डाक्टर लिजन ? ‘हामीले अस्पताल नै बन्द गराउने भनेका छैनौं । रेजिडेन्टहरु काममा नजाने भनिएको हो । हामी नभएको खण्डमा अन्य चिकित्सक थपेर पनि अस्पतालले सेवा दिन सक्छ ।’

अस्पतालमा विरामीको चाप धेरै छ भनिरहनु भएको छ, अनि तपाईहरुको डिउटी चैं कल्ले धान्छ ?
अध्यक्ष महर्जनले आफुहरुको सट्टा अस्पताल प्रशासनले अतिरक्ति डाक्टरहरु बोलाउन सक्छ भने । एक्ट्रा डक्टसावहरुले काम गर्नु हुन्छ । काम रोकिँदैन ।

केसीको स्वास्थ्यवस्था के छ ?
अनसनको १२औं दिन वितिसक्दा केसीको अवस्था निकै खस्किएको छ । उनले भने, ‘उहाँको छाती दुख्ने, मुटुको चाल तलमाथि हुने देखि लिएर रगत र रक्तचापमा समेत समस्या आएको छ । कुनै पनि बेला उहाँलाई रोगको संक्रमण हुने खतरा छ ।’ उहाँ बोल्न र उठ्न सक्नु हुन्न ।
उनले अगाडि थपे, ‘१२ दिनदेखि डा. केसी अनसनमा हुनुहुन्छ, तर सम्बन्धित निकायबाट कुनै कदम चालिएको छैन । त्यसैले हामी यसप्रति खेद प्रकट गर्दै बहिरंग विभाग नजाने निर्णयमा पुग्यौं ।’
केसीको पुरा गर्नै पर्ने मूल मुद्दा चैं ?
पहिलो नम्बरमा डिनको बर्खास्ती । दोस्रो उपकुलपतिको राजीनामा । तेस्रो मेडिकलको शुल्क ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ