arrow

ब्राजिलका खेलाडी र पत्रकार सवार विमान दुर्घटना इन्धन अभावले

logo
प्रकाशित २०७३ मंसिर १६ बिहिबार
plane-crash.jpeg
कोलम्बिया ।  कोलम्बियामा मंगलवार भएको विमान दुर्घटना विमानको इन्धन सकिएका कारण भएको एक अडियो रेकर्डिङमा खुलेको छ । लिक भएको उक्त अडियो रेकर्डिङमा एक विमानचालकले विमानमा विद्युतीय गडबडी भएको अनि इन्धन सकिएको भनी लगातार अवतरण अनुमति मागेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा परेका ८१ मध्ये ६ जना मात्र बाँच्न सफल भएका थिए ।
 
एयर ट्राफिक टावरबाट प्राप्त टेपमा पाइलटले विमान दुर्घटना हुनु अघिसम्म पनि इन्धन सकिएको भन्दै अवतरणका लागि अनुमति मागेको सुनिएको छ । दुर्घटना हुनु पूर्व विमान ९ हजार फिटको उचाइमा रहेको पनि सोही टेपबाट खुलेको छ । पाइलटले कोलम्बियाको एयर ट्राफिकसँग गरेको कुराकानीको टेप लिक भएको हो ।
 
विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी, २१ जना पत्रकारसहितका यात्रु रहेका थिए । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् । ज्यान गुमाउनेमा १९ खेलाडी र २० जना पत्रकार पनि परेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ