arrow

आम माफी दिँदा पनि फर्किएनन् कतारका अबैध नेपाली

logo
प्रकाशित २०७३ मंसिर १८ शनिबार
Qatar.original.3454.jpg.jpeg
काठमाडौं – कतार सरकारले गैरकानुनी हैसियतमा बस्दै आएका आप्रवासी कामदारलाई दिएको आममाफीमा कम नेपाली सहभागी भएर फर्केका छन् ।
 
आफ्नो कम्पनी (स्पोन्सर) छाडेर बाहिर काम गर्दै आएका गैरकानुनी हैसियत भएका कामदारलाई बिना सजाय स्वदेश फिर्नको लागि कतारले तीन महिना (१ सप्टेम्बरदेखि १ डिसेम्बर)सम्म आममाफीको समय दिएको थियो । आममाफीको समय बिहीबारबाट सकिएको छ । ‘आममाफीमा सहभागी भएर नेपाल फिर्ने नेपालीको संख्या एकिन हुन सकेको छैन । नेपाली दूतावासमा सम्पर्क गरेर जानेको संख्या १५ सय २५ जना रहेका छन्,’ कार्यवाहक राजदूत मणिरत्न शर्माले  भने, ‘केही दूतावासको सम्पर्कमा नआई सिधै कतारी निकायमार्फत् गएका हुन सक्छन् ।’
 
आफ्नो साथमा राहदानी भएका कामदार नेपाली दूतावासमा जान अनिवार्य छैन । उनीहरुलाई आन्तरिक मन्त्रालयअन्तर्गतको खोज तथा अनुसन्धान विभाग (एसएफडी)ले आवश्यक प्रक्रिया पूरा भइसकेकालाई स्वदेश पठाएको छ ।
 
कतारमा भिसा नलगाई बसेका तथा कम्पनी छाडेर बाहिर काम गर्दै आएका नेपालीको संख्या २० हजारभन्दा माथि रहेको अनुमान गरिएको थियो । ‘मसँग भागेर काम गर्दै आएका २० जना साथीहरु थिएँ,’ पोखराका लालबहादुर परियारले भने, ‘मैले सबैलाई आममाफी पाएको मौकामा जानुपर्छ भनेको हो । उनीहरु आएनन् । म फेरि कतारमै काम गर्न जानुपर्ने हुनाले फर्केर आएँ ।’
 
कान्तिपुर दैनिक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ