arrow

शीतल निवास बोलाएर दलका नेतालाई राष्ट्रपतिले के भनिन् ?

logo
प्रकाशित २०७३ मंसिर १९ आइतबार
shital-niwas-ma-ntetako-hul.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलका नेताहरुले सहमति जुटाएर मुलुकलाई निकास दिन सुझाव दिएकी छन् । आइतबार साँझ शीतल निवासमा भण्डारी आफैले डाकेको बैठकमा राजनीतिक दलका नेताहरुलाई यसरी सुझाएकी हुन् । राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयनमा जोड दिन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन नभए आउन सक्ने संकटले आफुलाई चिन्तित बनाएको समेत बताएकी छन् । सबै राजनीतिक दलहरुले राजनीतिक स्थिरता र एकतामा जोड दिन राष्ट्रपतिले बैठकमा आग्रह गरिन् । यस्तै, राष्ट्रिय एकता र सार्वभौमिकता आँच नआउने गरी अघि बढ्न राष्ट्रपति भण्डारीले दलहरुलाई सुझाइन् ।

बैठकमा विपक्षी दलका नेताहरुले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव परिमार्जन गर्न आग्रह गरे । प्रमुख विपक्षी एमाललेले प्रदेश ५ को सीमाङ्कन लगायत विषय सच्याउनु पर्ने बताएको प्रधानमन्त्रीका स्कीय सचिव प्रकाश दाहालले जानकारी दिए । प्रधानमन्त्री दाहालले छलफल गरे आफु अघि बढ्न तयार रहेको बताएको समेत प्रकाशले जानकारी दिए ।

बैठकमा शीर्ष तीन दल, कांग्रेस, एमाले, माओवादी केन्द्रललगायत सत्ताधारी र विपक्षी दलका नेताहरु सहभागि थिए । यस्तै, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई समेत छलफलका सहभागि भए । संविधान संशोधनको विषयलाई लिएर दलहरु एक अर्काविरुद्ध उत्रिएपछि राष्ट्रपति निकासका लागि दलनका नेताहरुको ध्यानाकर्षण गराएकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधान संशोधन तथा कार्यान्वयन र स्थानीय तहको निर्वाचनलगायतका समसामयिक विषयमा दलहरुलाई एक ठाउँमा ल्याउन प्रयत्न गरिरहेकी छन् । सोही अनुरुप दलहरुलाई एक ठाउँमा आउन आह्वान गर्न बैठक डाकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

दुई दिन अघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय विकसित राजनीति घटनाक्रमका विषयमा राष्ट्रपति भण्डारीलाई ब्रिफ गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ