arrow

सर्वदलीय बैठकमा नेताहरुले बजाए आफ्नै दलको डम्फू

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
all-party-meeting.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै नेताहरुलाई त्यसबारे विचार राख्न आग्रह गरिन् । 
 
त्यसपछि नया शक्ति सयोजक बाबुराम भट्टराईले भने, ‘पहिले प्रमुख प्रतिपक्षी दलकै भनाई सुनौं न । त्यसपछि अरुको टिप्पणी राख्दा राम्रो होला ।
 
यसरी सुरु भएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर प्रस्तावलाई राष्ट्रघाती र अपारदर्शी ढंगबाट आएको प्रस्ताव भन्दै अब फेरबदल नहुने बताए । 
 
ओलीले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै त्यसो गरेमा सहमतिका अन्य विकल्पबारे सोच्न सकिने बताए ।
 
 ‘म पहाड मधेस छुट्याएर प्रदेश बन्न दिन्नँ, त्यो राष्ट्रघाती सोच हो,’ ओलीलाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘संशोधन होइन, कार्यान्वयन अहिलेको आवश्यकता हो । सरकारले पुरक बजेट ल्याउने भनेको छ, त्यो औचित्यहीन र अनावश्यक हो । हामी त्यसलाई समर्थन गर्दैनौं ।’ 
 
ओलीले ४ महिनाको अवधिमा यो सरकारले संविधानको कार्यान्वयनमा के–के काम गरेको छ, भनी सामुन्ने रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति जिज्ञासा राखेका थिए ।
 
ओलीपछि राप्रपा अध्यक्ष कमल थापा बोले । उनले सडकमा रहेका आन्दोलनकारीलाई संसद फर्कन तत्कालीन प्रधानमन्त्री ओली आफैले विगतमा गरेको आह्वानको स्मरण गरेका थिए ।
 
 ‘हाम्रो पार्टीको औपचारिक निर्णय आउन बाँकी छ, तर आन्दोलनरत पक्षहरुको माग सम्बोधन हुनुपर्छ । ‘पहिले हामी सरकारमासँगै रहेका बेला सडकमा तमासा होइन, सदनमा आएर छलफल गरौं’ भन्थ्यौं, अहिले (प्रस्ताव) फिर्ता लिन भन्ने ? अब फेरि सडकमा जाउ भन्ने ?’
 
थापापछि नेकपा माले अध्यक्ष सीपी मैनालीले सीमांकन हेरफेर गर्न नहुने बताए । उनले संशोधन प्रस्ताव षडयन्त्रपूर्ण ढंगले आएको भन्दै राष्ट्रिय हितविरुद्ध आफू नजाने तर्क गरे । 
 
उनले अघिल्लो दिन मधेशी मोर्चाका नेताहरु भारतीय दूतावासमा गएर यही विषयमा छलफल गरेकोमा आपत्ति समेत जनाएका थिए । ‘साथीहरु कतातिरको प्रस्ताव कहाँ गएर छलफल गर्नुहुन्छ ? मलाई त आश्चर्य लागेको छ’, उनले भनेका थिए ।
 
मैनालीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्ने प्रस्ताव कांग्रेस र एमालेकै पुरानो प्रस्ताव भएको भन्दै प्रतिपक्षमा बसेपछि फरक कुरा नगर्न ओलीलाई आग्रह गरका थिए ।
 
 ‘त्यसबेला सभापति सुशील जी ९कोइराला० र ओलीजीले हस्ताक्षर गरेको सहमति नै अहिले हामीले अघि बढाएको हो । त्यो बेला प्रस्ताव राष्ट्रघाती थिएन, अहिले राष्ट्रघाती भयो रु’
 
देउवाले केही बेर बोलेपछि ओली छेवैमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र सुवास नेम्वाङसग कानेखुसी गरेका थिए । 
 
ओलीको कानेखुसी नरोकिएपछि देउवा बम्किदै नेता ओलीको ध्यानाकर्षण गराएका थिए । देउवाले राजनीतिक समाधान खोज्ने बेला विषयान्तर नगर्न आग्रह गर्दै मधेसको मुद्दा समाधान नगरी संविधान संविधान कार्यान्वयन नहुने बताए ।
 
 ‘मधेसीहरु हाम्रै दाजुभाइ हुन्, कसैका विरुद्ध दुर्भावना नफैलाउने काम नगरौं, राजनीति रोक्ने होइन, अगाडि बढ्ने कुरा गरौं,’ देउवाले भने, ‘यो संशोधन प्रस्ताव पास गरिएन भने चुनाव सोच्न पनि सकिन्न । 
 
हुनै नसक्ने चुनाव घोषणा गरेर के गर्ने रु’ उनले ओलीतिर हेर्दै चुनाव गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए ।
 
देउवाले भनाई टुंग्याउने बेलामा ओली राष्ट्रपति भवनबाट बाहिरिएका थिए । ओली शितल निवासबाट सिधै नयाँ बानेश्वरमा सम्पादकहरुसँगको यही विषयको अन्तक्रियामा भाग लिन पुगेका थिए । 
 
त्यसपछि जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश विभाजन गर्ने दिशामा अघि बढेको भन्दै संविधान कार्यान्वयनका लागि सही बाटो समाउन कसरी सकिन्छ भन्नेबारे सोच्न दलहरुलाई आग्रह गरे । केसीले पनि दूतावासमा मधेशी नेताहरु जाने, त्यतै निर्णय गर्ने अनि बाहिर निस्केर मधेशीका एजेण्डा भन्दै कुर्लने प्रवृत्ति ठिक भएन भन्दै आपत्ति जनाएका थिए । 
 
त्यस्तै खालको आग्रह गरेका थिए नेपाल मजदूर किसान पार्टीबाट गएका सांसद प्रेम सुवालको पनि । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ