arrow

सेयर कारोबार घट्यो

logo
प्रकाशित २०७३ मंसिर २१ मंगलबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ । धितोपत्र बजारमा नेप्से परिसूचक मंगलबार उकालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार मंगलबार बजार ९.९१ प्रतिशतले उकालो लागेको छ । कुल १३६ कम्पनीको नौ लाख ४० हजार ४२१ कित्ता सेयर रु ७७ करोड १८ लाख १९ हजार ३०१ मूल्य बराबरको सेयर कारोबार भएको छ । नेप्से परिसूचक उकालो लागे पनि कारोबार रकम भने मंगलबार घटेको छ । 
 
बजार खुल्नेबित्तिकै एक हजार ५४४ बिन्दुमा रहेको नेप्से उतारचढाव भई एक हजार ५५४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.७१ प्रतिशतले बढेको छ । जलविद्युत् समूहको सेयर ओरालो लाग्दा अन्य समूहको सेयर भने उकालो लागेको छ । बैंकिङ ०.४१, होटल २.७३, विकास बैंक ०.१४, फाइनान्स ०.७३, बिमा २.४५, उत्पादन ०.११ र अन्य समूह ०.०८ प्रतिशतले बढेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ