arrow

कमल थापाले यसरी भित्राए रेखालाई

logo
प्रकाशित २०७३ मंसिर २७ सोमबार
nayika1-thapa1.jpeg
काठमाडौँ ।  नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । सोमबार आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गरे । 
 
आफूले चार वर्षदेखि विभिन्न राजनीतिक पार्टीको अध्ययन गरिरहेको र राप्रपासँग भावना मिलेकाले पार्टी प्रवेश गरेको नायिका थापाले बताइन् । 
 
राजनीतिक हिसाबले पहिलो र अन्तिम घर नै राप्रपा भएको बताउने थापाले अहिलेसम्म कुनै पनि पार्टीको सदस्यता नलिएको खुलासा पनि गरिन्  । 
 
“म हिन्दू नारी हुँ, राष्ट्रवादी केटी भएकाले आफ्नो विचार राप्रपासँग मेल खाएकाले लागेकी हुँ, निकै ‘एक्साइटेड’ र हर्षित छु,”– उनले भनिन् । 
 
आफूले खेलेको नेपाली चलचित्र दुर्गा, काली र चम्पाजस्ताको भूमिकाले आफ्नो सिद्धान्त र स्वभावलाई पुष्टि गर्ने उनको भनाइ थियो । यसअघि चर्चित गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी थिइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ