arrow

प्रधानमन्त्री प्रचण्डलाई साथीको छोराको विवाहको रन्को

काठमाडौंको वार्ता छाडेर सिरहातिर

logo
प्रकाशित २०७३ मंसिर २९ बुधबार
Prachanda-new-FNL.jpg.jpeg
बर्दिवास । शीर्ष तीन दलसंगको बैठक र ज्यापू दिवसमा सरिक भएर प्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार सिरहाका लागि काठमाडौं छोडेका छन् । उनी आफ्ना मित्र मातृकाप्रसाद यादवका छोराको विवाहमा सरिक हुन र सिरहाको मिर्चैयामा राजनीतिक कामको सिलसिलामा सडक मार्ग हुँदै सिरहा गएका हुन् । 
 
 
प्रधानमन्त्री दाहाल बुधबार बिहानै विवाह समारोहमा सरिक हुन वर्दिवासबाट सिरहातर्फ गएका छन् । काठमाडौंमा अहिले संविधान संशोधनको विषय निकै पेचिलो भइरहेका अवस्थामा प्रधानमन्त्री दाहाललाई भने मंसिर अन्त्यतिरको विवाहले छोएको हो । अहिले एमालेले संविधान संशोधन नगरी स्थानीय निकायको निर्वाचनमा जानुपर्ने अडान लिएको छ भने नेपाली काँग्रेस र प्रचण्डको माओवादीले संविधान संशोधनसंगै चुनावमा जानुपर्ने बताएको छ । 
 
यो अवस्थामा यी वार्ताका विषयलाई थाँती राखेर प्रधानमन्त्री प्रचण्ड मङ्गलबार तराई हानिएका हुन् । सधै हेलिकप्टरमा बाहिर जान रमाउने प्रधानमन्त्री प्रचण्डलाई यसपटक भने मौसमले साथ नदिंदा गाडीमै हानिएका हुन् । 
 
मंगलबार साँझ उनी बर्दिवास बसे । प्रधानमन्त्री प्रचण्ड बाक्लो हुस्सु लागिरहेकाले सडक मार्गबाट आउनु परेको सुरक्षा अधिकारीले बताएका छन् । 
 
प्रधानमन्त्री पुष्पकमल दाहालले महोत्तरी जिल्लाको सुरक्षा, विकास पूर्वाधार र अहिलेको जनचासोबारे जानकारी लिए । मङ्गलबार साँझ महोत्तरीको बर्दिवास पुगेका प्रधानमन्त्री दाहालले जिल्लाका सुरक्षा अधिकारी र नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्तासँगको कुराकानीमा जिल्लाका समस्या र अवस्थाबारे जानकारी लिएका हुन् ।  
 
रात्रिबास बर्दिवास नै बसेका प्रधानमन्त्री दाहालले मङ्गलबार साँझ जिल्लाका प्रजिअ, अन्य सुरक्षा अधिकारी र नेकपा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्तासँग छुट्टाछुट्टै सङ्क्षिप्त कुराकानी गरे । 
 
प्रधानमन्त्रीले जिल्लाको राजनीतिक र विकास अवस्थाबारे चासो लिएको माओवादी केन्द्रका नेता बर्दिवास–१ का बासिन्दा राजु खड्काले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ