arrow

ऊर्जामा दुई वर्षभित्रै प्रगति हुने : वाग्ले

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1255597618.jpeg

रुपन्देही । राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्लेले नेपालमा जलविद्युत् योजनाहरुको काम सरकारी र निजी क्षेत्रबाट धमाधम भइरहेकाले दुई वर्ष्भित्रमा नेपालले ऊर्जा क्षेत्रमा ठूलो फड्को मार्ने बताएका छन् ।

वाग्लेले सरकारी र निजी क्षेत्र दुवैबाट ऊर्जा उत्पादनका लागि लगानी भइरहेकाले अब ऊर्जाकै कारण नेपालको भविष्य बन्ने भन्दै ऊर्जा विकासको काम निजी क्षेत्रले निकै राम्रोसँग गरेको बताए ।

पञ्चायतकालयता ८०० मेगावाट विद्युत् थप भएकोमा अबको दुई वर्षमा १२ सय मेगावाट बिजुली थपिने वाग्लेले जानकारी दिए । रुपन्देही उद्योग संघको बुटवलमा भएको ३७ औँ साधारणसभा तथा १९औँ अधिवेशनको उद्घाटन समारोहमा सम्बोधन वाग्लेले यस्तो बताएका हुन् ।

अब निराश हुनुपर्ने अवस्था नरेहको बताउँदै वाग्लेले भने,–‘दुई वर्षपछि नेपाल एउटा समुन्नत राष्ट्र हुनेछ ।’ निजी क्षेत्रले विशिष्टीकृत खालको उद्योगमा लगानी बढाउनुपर्नेमा वाग्लेको जोड छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ