arrow

विश्वका ७५ शक्तिशाली व्यक्तिको सूचीमा जम्मा ६ जना महिला !

अमेरिकी राष्ट्रपति ओवामा भन्दा फेसबुकका संस्थापक शक्तिशाली

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
Forbs_Top_10_-Powerful_Person.jpeg
काठमाडौं । विश्वका महिला कत्तिको शक्तिशाली छन् ? पक्कै पनि महिलाहरुलाई पुरुषप्रधानसोचका कारण पछाडि पारिएको आरोप लाग्दै आउने गरेको छ । विश्वका महिलाहरु कति कमजोर छन् भन्ने सवाललाई स्पष्ट बनाएको छ विश्व चर्चित पत्रिका फेव्र्सको पछिल्लो एक रिपोर्टले । 
 
फोब्र्सले सार्वजनिक गरेको शक्तिशाली ७५ जनाको सूचीमा जम्मा ६ जना महिला मात्रै समावेश गएका छन् । फेब्र्सका अनुसार उक्त सूचीमा समावेश भएका महिलाहरुमा सबैभन्दा अग्रस्थानमा जर्मन चान्सलर एन्जेला मर्केल रहेकी छिन् भने महिला मध्येको सबैभन्दा शक्तिशाली महिलामा अमेरिकाकी जानेट एलेन रहेकी छन् । उनी बाहेक शक्तिशाली सूचीमा परेका महिलाहरुमा टेरेसा मे, क्रिश्चियन लेगार्ड, गिनी रोमेटी र मेरी ब्यारा रहेका छन् । 
 
उता, फोब्र्स पत्रिकाले भने अमेरिकी राष्ट्रपति बाराक ओवामा भन्दा फेसबुकका संस्थापक मार्क जुकरवर्ग निकै शक्तिशाली रहेको देखाएको छ ।  
 
फोब्र्सले सार्वजनिक गरेको २०१६को शक्तिशाली व्यक्तिहरुको सूचीमा ओवामा ४८ औं स्थानमा छन् भने जुकरवर्ग १० औ स्थानमा पर्न सफल भएका छन् । पहिलो स्थानमा रुसका राष्ट्रपति र दोस्रो स्थानमा अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । 
 
तेस्रो स्थानमा जर्मन चान्सलर एन्जेला मार्केल र चिनियाँ राष्ट्रपति सि जिङपिङ चौथो स्थानमा रहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि यस वर्ष शक्तिशाली १० को सूचीमा नवौं स्थानमा परेका छन् । 
 
यसरी शक्तिशाली ७५ जनाको सूचीमा  सबैभन्दा बढी ३२ जना रहेका छन् भने त्यसपछि सबैभन्दा बढी चीनका ६ जना परेका छन् । इजिप्टको एक जना, फ्रान्सको एक, जर्मनीको  एक, हङकङको एक, भारत दुई जना, जापान दुई, मेक्सिको दुई, रसियाबाट दुई जना परेका छन् यस बाहेक बेलायत लगायतका मुलुकहरुबाट एकएक जनाको दरमा शक्तिशाली सूचीमा परेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ