arrow

टर्कीमा कारबम विष्फोट, १३ को मृत्यु, ४८ घाइते

logo
प्रकाशित २०७३ पुष २ शनिबार
turkey-neaa.jpeg

एजेन्सी । टर्कीको केसरी शहरमा भएको कारबम विस्फोटमा १३ सैनिकको मृत्यु भएको छ । विष्फोटमा ४८ बढी घाइते भएका छन् । सैनिक चढेको बसलाई लक्षित गरी स्थानीय एक विश्वविद्यालयअगाडि विष्फोट गराइएको सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

एक साता अघि मात्रै इस्तानबुलमा भएको विष्फोटमा ४४ जनाको मृत्यु भएको थियो । जसको जिम्मा कुर्दिस लडाकुले दिएका थिए । पछिल्लो केही समय टर्कीमा कुर्दिस लडाकु र जिहादीहरुले शृंखलाबद्ध आक्रमण गर्दै आएका बीबीसीले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ