arrow

इन्डोनेसियन ‘हर्कुलस’ विमान दुर्घटना, १३ जनाको मृत्यु

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
AFP-PH-plane.jpeg

एजेन्सी । इन्डोनेसियन सैन्य विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । पप्वा प्रान्तको दुर्गम क्षेत्रमा दुर्घटना भएको ‘हर्कुलस सी–१३०’ विमानमा चालक दलका तीन सदस्य र १० यात्रु गरी १३ जना सवार रहेका बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

विमानमा १२ टन खाद्यान्न समेत रहेको बीबीसीले उल्लेख गरेको छ । स्थानीय समय अनुसार बिहान ५ः३५ मा टिमिकाबाट उडेको विमान वामिना अवतरण गर्ने निर्धारित समयभन्दा ४ मिनेट अघि दुर्घटना भएको बताइएको छ । यस्तै, खराब मौसमकै कारण दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ