arrow

जोर्डनको सुरक्षा कार्यालयमै आक्रमण, १० जनाको मृत्यु

ज्यान गुमाउनेमा पर्यटक पनि

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
jordan.jpeg
अम्मान । जोर्डनको दक्षिणी क्षेत्रमा अवस्थित एक प्रहरी कार्यालयमा अज्ञात समूहले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा चार प्रहरी र एक क्यानडेली पर्यटकसमेत रहेको जनाइएको छ । 
 
घटनामा २० जना घाइते भएका छन् । जोर्डनको धार्मिक एवम् पर्यटकीय महत्वको काराक क्षेत्रमा अवस्थित एक शहर उक्त प्रहरी कार्यालयमा गरिएको आक्रमणको जिम्मा कसैले नलिए पनि प्रहरीले तिनीहरु आतंककारी भएको जनाएको छ । 
 
प्रहरीले जवाफी कार्वाहीमा चार आतंककारी मारिएकोसमेत जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ