arrow

यासीन भटकलसहित चारलाई फाँसीको सजाय

नेपालकै सीमाबाट पक्राउ परेका थिए भटकल

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
bhatkal-news-a.jpeg

काठमाडौं । भारत हैदराबाद अदालतले दिलसुखनगर विष्फोटमा संलग्न इन्डियन मुजाहिद्दिनका सह–संस्थापक यासीन भटकलसहित चार जनालाई फाँसीको सजाय सुनाएको छ ।

फाँसीको सजाय पाउने पाकिस्तानी नागरिक जिया उर रहमान छन् । सन् २०१३ को फेब्रुअरी २१ मा हैदराबादको दिलसुखनगरमा दुई विष्फोट भएका थिए । विष्फोटमा परी १८ जनाको मृत्यु हुँदा सय बढी घाइते भएका थिए ।

के हो भटकल, व्यक्ति वा ठाउँ ?
कर्नाटकमा अरब सागर र पश्चिमी घाटको मुहान हो भटकल । त्यही ठाउँको नाम अच्चानक तीन व्यक्ति जो चरमपन्थी थिए । उनीहरुसँग जोडियो । जसले आम नागरिकलाई बेचैन गरिदियो ।

तिनै तीन व्यक्तिले आफ्नो नामको पछाडि भट्कल जोडे । रियाज शाहबंदरी–रियाज भट्कल बने । उनकै भाइ इकबाल शाहबंदरी–इकबाल भट्कल भए । मोहम्मद अहमद जरार सिद्दीबापा–यासीन भटकल भए । जुन नामाकरणले नागरिक खिन्न हुँदै गए ।

भटकल गांव

नेपालकै सीमाबाट पक्राउ परेका थिए यासीन भटकल
यासीन भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी एनआइएको मोष्ट वान्टेड सूचीमा थिए । उनी विहारसँग जोडिएको नेपाली सीमाक्षेत्रबाट अगस्त २०१३ मा पक्राउ परेका बताइएको छ । भटकल उत्तरी कर्नाटकको भटकल गाउँका हुन् । उनको खास नाउ अहमद सिद्दीबप्पा हो । प्रहरीले उनलाई कयौं मामिलामा जिम्मेबार ठान्दै खोजी गरिरहेको थियो । २०११ मा दिल्ली उच्च अदालतबाहिर भएको विष्फोटमा १२ जना मारिएका थिए ।

जसमा उनकै हात रहेको भन्दै प्रहरीले खोजेको थियो । उनीविरुद्ध अदालत बाहिर विष्फोट गराएको समेत मुद्दा छ । उनलाई पक्राउ गरे १० लाख पुरस्कार दिने भनिएको थियो । सुरक्षा मामिला विश्लेषक प्रवीण स्वामीले यासीन भटकल इन्जिनियरिङ्गको डिग्री पढ्ने पुणे गएका बताएका छन् ।

उनले भने, ‘इकबाल भटकलसँग संगत भएपछि इकबाल मार्फत नै यासीन इन्डियन मुजाहिद्दीनमा आवद्ध भए ।’ उनले मुजाहिद्दीनकै नाममा चरमपन्थी गतिविधि गरे । यस्तै, सुरक्षा एजेन्सीका अनुसार इन्डियन मुजाहिद्दीनको कमाण्ड पाकिस्तानको चरमपन्थी संगठन लश्कर ए तोयबाको हातमा छ । –एजेन्सीको सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ