arrow

टर्कीका लागि रुसी राजदूत कार्लोभको गोली हानी हत्या

हत्यारा सुरक्षाकर्मी नै

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार
andrei-karlov.jpeg
टर्की । टर्कीका लागि रुसी राजदूत एन्द्रे कार्लोभको गोली हानी हत्या भएको छ । एक हतियारधारी आक्रमणकारीले ‘रसिया एज सिन वाइ टर्कस’ नामको प्रदर्शनीमा सहभागी हुन गएका बेलामा उनको हत्या भएको रुसी टेलिभजनले जनाएको छ । 
 
घटनामा आक्रमणकारीले धेरैको संख्यामा घाइते बनाएको बताइएको छ । घटनास्थलबाट राजदूत कार्लोभलाई तत्काल अस्पताल लगिए पनि उनलाई बचाउन सकिएन । 
 
Police secure the area in Ankara, 19 December
 
उनको मृत्यु भएको रुसी विदेश मन्त्रालयले ढिला गरी बाहिर ल्याएको हो । सिरिया हिंसामा रुसी सहभागीता भएसंगै टर्कीमा रुसको विरोध हुँदै आएको छ ।  
 
उनको हत्या सुरक्षाकर्मीले नै गरेका थिए । टर्कीका प्रहरीले उनको गोली हानी हत्या गरेका हुन् । उनी ड्युटी अफमा रहेका प्रहरी अधिकारी भएको पनि खुलेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ