arrow

डोनाल्ड ट्रम्पको जितले औपचारिकता पायो

logo
प्रकाशित २०७३ पुष ५ मंगलबार

एजेन्सी । अमेरिकी राष्ट्रपति निर्वाचित रिपब्लिकन डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज मतदानमा समेत विजय हासिल गरेका छन् । यो विजयले ट्रम्पलाई इलेक्टोरल कलेजले अमेरिकाको ४५औं राष्ट्रपति प्रमाणित गरेको छ ।

राष्ट्रपतीय निर्वाचनमा विजयी भएको ६ हप्तापछि रिपब्लिकन नेता ट्रम्पले आवश्यक २७० इलेक्टोरल मत ल्याए पछि उनको जितले औपचारिकता पाएको हो । ट्रम्पले ३०४ र प्रतिस्पर्धी हिलारी क्लिन्टनले २२७ इलेक्टोरल ल्याइन् । मत परिणाम सुनेपछि ट्रम्पले मुलुकलाई एकतावद्ध गर्न भरमग्दुर प्रयास गर्ने र नागरिकको सँधै साथ रहने बताए ।

इलेक्टोरल मतदानमा विजयी हुने उम्मेदवार नै अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुने प्रावधान रहेको छ । कयौं अमेरिकीले अनलाइनमार्फत् ओभल अफिसमा ट्रम्प अनुपयुक्त रहेको जिकिर गरेका थिए । विभिन्न राज्यहरुमा ट्रम्पविरुद्ध प्रदर्शन समेत भएको छ ।

अमेरिकामा राज्यहरुको जनसंख्याको आधारमा इलेक्टोरल मतदाता निर्धारण हुने प्रावधान छ । इलेक्टोरल मतदानमा छानिएका ५ सय ३८ व्यक्तिलेमात्र मतदान गर्न पाउने व्यवस्था छ । मतपरिणामको औपचारिक घोषणा भने जनवरी ६ मा कंग्रेसको संयुक्त बैठकमा गरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ