arrow

पेट्रा किटोभामाथि आक्रमण, तीन महिना खेल्न नसक्ने

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
petra-kvitova.jpeg
चेक गणतन्त्र । दुई पटककी विम्बल्डन टेनिस च्याम्पियन पेट्रा किटोभामाथि चक्कु आक्रमण भएको छ । घरमै बसिरहेकी उनलाई आक्रमण भएको जनाइएको छ । २६ वर्षीया किटोभामाथि अन्धाधन्ुध आक्रमण भएपछि उनको हातमा गहिरो चोट लागेको छ । उनका म्यानेजरका अनुसार उनको बायाँ हातमा लागेको चोटलाई सर्जरी गर्न चार घण्टा लागेको थियो । 
 
योसंगै चेक गणतन्त्रकी खेलाडी किटोचाले आगामी तीन महिना कोर्टमा उभिन नसक्ने भएकी छिन् । 
 
म्यानेजर काटी स्पेलम्यानलाई उधृत गर्दै समाचार एजेन्सी एएफपीले बताए अनुसार उनी तीन महिना कोर्टमा पाइला टेक्ने छैनिन् । 
 
योसंगै किटोभा सन् २०१७ को ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनबाट बाहिरिएकी छिन् । 
 
उनीमाथि कस्तो आक्रमण भयो र कसले ग¥यो भन्ने खुलाइएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ