arrow

सातौं राष्ट्रिय खेलकूद : महिला फुटबलमा सुपले मध्यपश्चिमलाई हरायो

logo
प्रकाशित २०७३ पुष ७ बिहिबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको महिला फुटबलमा सुदूरपश्चिमाञ्चल विजयी भएको छ । सुदूरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई १–० ले हराएको हो । सुनसरीको दुहबीमा जारी महिला फुटबलको अर्को खेलमा मध्यमाञ्चल र पूर्वाञ्चल खेलिरहेका छन् । समूह चरणको खेल बिहीबार सकिँदै छ ।

समूह ‘क’बाट प्रहरी विजेता र एपीएफ उपविजेतका रुपमा सेमिफाइनल पुगिसकेका छन् । प्रहरी र एपीएफको समान ७–७ अंक भएपनि गोलअन्तरका आधारमा प्रहरी समूह विजेता बनेको हो । समूह ‘ख’बाट त्रिभुवन आर्मी ७ अंकसाथ विजेता र मध्यमाञ्चल ५ अंकसाथ समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगे । शुक्रबार हुने सेमिफाइनलमा प्रहरी र मध्यमाञ्चल तथा एपीएफ र आर्मीबीच भिड्ने तय भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ