arrow

गृहमन्त्रीको सरकारी निवासदेखि सिआईडी अफिससम्म कार्यालय राख्ने २ सय ५५ दल खारेज

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
phpThumb_generated_thumbnail.jpeg

काठमाडौं । भारतको निर्वाचन आयोगले चुनावको मुखमा आएर २ सय ५५ दलको दर्ता खारेज गरेको छ । २००५ देखि अहिलेसम्म भएका कुनैपनि निर्वाचनमा सहभागिता नजनाएको तथा आफ्नो व्यmिगत स्वार्थको लागि मात्रै दल दर्ता गरेको आरोपमा निर्वाचन आयोगले ती दलहरुको दर्ता खारेज गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
ती दलहरुले बुझाएको विवण समेत गलत रहेको ठहर आयोगको छ । आयोजगका अनुसार ती दलहरुले बुझाएको आफ्नो दलको कार्यालय रहेको ठेगाना भिडाउँदा गृहमन्त्री राजनाथ सिंहको सरकारी निवासदेखि जम्बू कास्मिरको सिआईडी अफिससम्मको ठेगाना देखिएको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अल इन्डिया प्रोग्रेसिभ जनता दलले आफ्नो कार्यालयको स्थान भनेर १७ अकवर नयाँदिल्ली, ११०००१ लेखेको थियो जुन हेर्दा भारतीय गृहमन्त्री राजनाथ सिंहको सरकारी निवास रहेको ठाउँ भेटिएको निर्वाचन आयोगका अधिकारीहरुलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

अर्काे अल इन्डिया होमलेस पिपल काँग्रेसले आफ्नो पार्टी कार्यालय पश्चिम बंगाल साउथ २४ मा रहेको भनेर उल्लेख गरेको छ । तर सो ठाउँ उत्तर प्रदेशमा हुँदै नभएको निर्वाचन आयोगको ठहर छ । त्यस्तै अर्काे पार्टी पवित्र हिन्दूस्तान काजगाम नामको पार्टी ११ हरिशचन्द्र माथुरलेन नयाँदिल्ली ११०००१ भनेर उल्लेख गरेको छ । तर सो ठाउँ पहिचान गर्दा जम्बू कास्मिरको सिआईडी अफिस रहेको भेटिएको आयोगले जनाएको छ ।

यसरी खारेज हुने दलहरुमा सबैभन्दा बढी दिल्लीको परेको छ । त्यहाँको ५२ वटा दल खारेज भएका छन् । उत्तर प्रदेशको ४१ र तमिलनाडूको २४ दल खारेजीमा परेको आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ