arrow

सातौं राष्ट्रिय खेलकूद : एपीएफको बिजयी सुरुवात,मध्य पश्चिमाञ्च २६ रनले पराजित

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
satau-ko-maskat-new-a.jpeg
काठमाडौं ।विराटनगरमा जारी सातौ राष्ट्रिय खेलकुदमा अन्तर्गतको पहिलो खेलमा पुरूष क्रिकेट विभागिय टोली एपीएफले मध्य पश्चिमाञ्चलाई २६ रनले पराजित गरेको छ। खेलमा पश्चिमाञ्चलले टस जित्दै फिल्डिङ्ग रोजेपछि मैदानमा ब्याटिङ्गको लागि मैदानमा उत्रिएको एपीएफले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १ सय ४५ रन बनाएको थियो। उसका लागि सन्दिप सुनारले ५१, कप्तान पारस खड्का तथा प्रदिप एरीले अविजित क्रमश २६ तथा २९ रनको योगदान गरे। 
१ सय ४६ रनको बिजयी लक्ष्यसाथ मैदानमा ब्याटिङ्गको लागि उत्रेको पश्चिमाञ्चलले  निर्धारित २० ओभरको समाप्तीमा  १ सय  १९ रनमा सिमित भयो। उसका लागि प्रनित थापाले ४० तथा अनिपम सिंहले २१ रन बनाए। बलिङ्गमा एपीएफका लागी पारस खड्काले २ तथा भुवन कार्कीले १ विकेट लिए ।
 प्रतियोगिताको दोस्रो खेलमा अहिले समूह 'बी' मा रहेका पुर्वाञ्चल र मध्यमाञ्चल बिच खेल भै रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ