एजेन्सी । भारतीय कमेडियन कपिल शर्मालाई फोर्ब्स म्यागजिन इंडियाले सय पपुलर सिलेब्रिटीजमा राखेको छ । उनि सुचिको ७ औ स्थानमा राहेका छन् ।
अघिल्लो बर्ष कपिल २७ औं स्थानमा थिए । उनको कमाइ ३०.१७ करोड रहेको बताइएको छ ।अघिल्लो बर्ष उनको कमाइ १५ करोड रुपैया थियो । कपिल लगातर ५ बर्ष देखि फोर्ब्सको सुचिमा रहदै आएका छन् ।
लोकप्रियताको आधार मान्ने हो भने कपिल आमिर खान, दीपिका पादुकोण र प्रियंका चोपडा भन्दा अगाडि रहेका छन् । साथै कमाईको मामिलामा कपिलल ११ स्थानमा रहदै रणवीर सिंह, एआर रहमान र आमिर खान भन्दा अगाडि छन् ।
कमाईको आधारमा कपिल अघिल्लो बर्ष ५१ औ स्थानमा रहेका थिए ।