मुम्बई । संजय लीला भन्सालीको चलचित्र ‘पद्मावती’ को सुटिङका क्रममा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुटिङ चलिरहँदा ३४ सालका पेन्टरको मृत्यु भएको हो ।
पाँच फिट उचाइबाट लडेर उनको मृत्यु भएको बताइएको छ ।
दीपिका पादुकोण, रणवीर सिंह र शाहिद कपूरको मुख्य भूमिका रहेको यो चलचित्रलाई निकै महत्व दिएर हेरिएको छ ।
सुटिङ भइरहँदा सबैको ध्यान त्यतैतिर रहेका बेला मुकेश दकिया लड्दा टाउकोको भरमा ठोक्किएपछि लडेको केही बेरपछि नै ज्यान गएको हो ।
सो घटनापछि प्रहरीले अनुसन्धान थालेको छ ।