arrow

चेसमा अनरेटेड पर्शुराम चम्किए

logo
प्रकाशित २०७३ पुष १० आइतबार
parsuram-chess.jpeg
धनकुटा । धनकुटामा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत चेस प्रतियोगितामा  पुर्वान्चलका अनरेटेड खेलाडी परशुराम राईले लगातार जीत निकाल्दै   सनसनी मचाएका छन् । उनले तेस्रो चरणको खेल समाप्त हुँदा सम्ममा तीनै खेल जितेर  पुर्व नेपाल च्याम्पियन केशव श्रेष्ठसंगै अग्रस्थानमा रहेका छन् ।
 
उनले पहिले चरणमा पुर्वान्चलका १८६९ रेटेड प्रज्ज्वल घिमिरे, दोश्रो खेलमा १९२४ रेटेड पुर्व नेपाल च्याम्पियन नवीन तन्डुकार र तेस्रोमा उदयमान खेलाडि  २०५१ रेटेड हिमाल लामालाई माथ दिए ।
 
प्रतियोगिता अन्तर्गत खुला तर्फ ३८ तथा महिला तर्फ २५ खेलाडी सहभागि छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपाल बुद्धीचाल संघको संयोजनमा संचालन भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ