arrow

चौथो महिला साफ च्याम्पियनसिप सिलगुडीमा सुरु हुँदै, नेपाल र भुटान भिड्दै

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Nepali-mahila-football-team.jpeg
सिलिगुडी । चौथो महिला साफ च्याम्पियनसिप फुटबल भारतको सिलिगुडीमा सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालले दिउँसो २ः१५ बजे भुटानसंग खेल्दैछ । 
 
नेपाल यसपटक उपाधि जित्ने लक्ष्यका साथ भारत गएको हो । मुख्य प्रशिक्षक कुमार थापाले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । 
 
 
उनले नेपाल तीन पटकको उपविजेता भएकाले पनि उपाधिका लागि दबाब रहेको बताएका छन् । 
 
नेपालले मलेसियालाई मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुुटबलमा १–० ले पराजित गरेसंगै मनोवलसमेत उच्च पारेको छ । 
 
प्रशिक्षक थापाले यसपटक आफूहरुको तयारी लामो समयदेखि भइरहेकाले पनि उपाधि लिएरै फर्कनेमा विश्वास बढेको बताएका छन् । 
 
रेनुका नगरकोटीको नेतृत्वमा रहेको नेपाली टिममा युवा जोश बढी छ । उनले टिम पछिल्लो गल्ती हटाएर उपाधि जित्न आतुर रहेको बताएकी छिन् । 
 
नेपाल पछिल्ला तीन संस्करणको फाइनलमा भारतसंग पराजित भएको थियो । अन्य राष्ट्रहरुमाथि भने नेपाल फराकिलो जितका साथ अगाडि बढिरहेको छ । 
 
 
समूह ए मा रहेको नेपालले पहिलो खेलमा भुटानसंग खेल्न लागेको हो । खेल सिलिगुडीको कञ्चनगंगा मैदानमा हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ