arrow

५ नम्बर प्रदेशमा माओवादी केन्द्रको नयाँ प्रस्ताव ‘आठौं प्रदेश’

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Maobadi-Kendra.jpeg

दाङ । सत्ताधारी माओवादी केन्द्रले ५ नम्बर प्रदेशमा नयाँ प्रस्ताव अघि सारेको छ । संसद्मा संविधान संशोधन विधेयक पेश भएपछि आन्दोलित ५ नम्बर प्रदेशमा माओवादी केन्द्रले आठौं प्रदेशको नयाँ प्रस्ताव अघि सारेको हो ।

दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको बैठकले नयाँ प्रस्ताव अगाडि सारेको बताइएको छ । बैठकपछि निर्णय सुनाउन आयोजित पत्रकार समेलनमा प्रदेश इञ्चार्ज वर्षमान पुनले भने, ‘सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही छ, संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेका छौँ ।’

पहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउने हाम्रो अवधारणा आएको छ–नेता पुनले भने ।

नेता पुनले भने, ‘त्यो पनि तत्काल सम्भव भएन भने प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो ।’

हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने नेता पुनको भनाई छ ।

गुल्मी र पाल्पाको माथिल्लो क्षेत्रका बासिन्दाले प्रदेशको राजधानी पहिले नै पोखरा भनिरहेका थिए भन्दै पुनले उनीहरुलाई कुनै समस्या नपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ