arrow

राष्ट्रिय खेलकूदमा मुकुन्द्रको पनि ह्याट्रिक

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Mukundra-Maharjan-new.jpeg

काठमाडौं । सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुदमा लगातार तीन स्वर्ण जित्दै राष्ट्रिय खेलकूदमा ह्याट्रिक पूरा गरेका छन् । मुकुन्द्रले शहीद रङ्गशालामा भएको सातौं राष्ट्रिय खेलकुदमा पुरुष कराते ६७ केजी तौलमा स्वर्ण हात पार्दै पर्शुराम बास्तोलासँग आफुलाई बराबरीमा उभ्याएका छन् । मुकुन्द्रले पाँचौ, छैटौं र सातौंमा लगातार स्वर्ण पदक जितेका हुन् ।

सोही स्पर्धामा सुदूरपश्चिमका मोशेखु आलमले रजत तथा नेपाल प्रहरीका भुपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक पाए । यस्तै पुरुषको ८४ केजीमुनीको तौलमा नेपाल प्रहरीका दिवश श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण जिते । तेश्रो स्थानमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भिमबहादुर तामाङ्ग रहे ।

महिला ६८ केजी तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले बाजी मारिन् । उनले आर्मीकी रिता कार्कीलाई फाइनलमा पराजित गर्दै स्वर्ण हात पारिन् । मध्यमाञ्चलकी रोजिता रंजित र पुलिसकी मनिता मोक्तानले कास्य पाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ