कपिलवस्तु । जिल्ला विकास समिति कपिलवस्तुको आयोजना र युनिसेफाको प्रायोजनमा बहुक्षेत्रिय पोषण योजना कार्यान्यवन गर्ने कार्यालयका कर्मचारीहरुको लागी ३ दिने पुनर्ताजकी तालिम सम्पन्न भएको छ ।
पोषणको अवस्थामा सुधार ल्याउनको लागी जिल्लामा कार्याक्रमलाई एकद्धार रुपमा लैजानको लागी यो तालिम आयोजन गरिएको जिल्ला विकास समितिले जनाएको छ । तालिममा जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय , जिल्ला कृषि विकास विकास कार्यालय , जिल्ला पशु सेवा कार्यालय र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय मार्फत पोषण योजना र कार्यक्रम कार्यान्वयमा छन् । यस वर्ष पनि विषयगत कार्यालय मार्फत पोषणको अवस्थामा सुधार ल्याउनको लागी विषयगत कार्यालयहरुले गर्ने कामहरको बारेमा समेत योजना निर्माण सोही अवसरमा सम्पन्न गरिएको छ ।
कपिलवस्तुमा बहुक्षेत्रिय पोषण योजनामा सहयोग गर्न सुनौला हजार दिन संचार अभियान र सुआहारा २ कार्यक्रम , किसान परियोजना लगायतका कार्यक्रमहरु कार्यान्वनमा छन । उक्त योजनाहरुलाई सफलता पुर्वक सम्पन्न गर्नको लागी र जिल्लाको पोषणको अवस्थामा सुधारमा ल्याउन यो तालिमले सहयोग पुग्ने जिल्ला विकास समितिका सूचना अधिकृत राजन कुमार पोख्रेलले बताए ।
३ दिन सम्म चलेको प्रशिक्षक प्रशिक्षण तालिममा पोषणको नेपालको अवस्था जिल्लाको अवस्था र जिल्लामा देखिएका समस्याहरुको बारेमा चर्च गरिएको थियो । साथै जिल्लामा पोषणको क्षेत्रमा गर्न सकिने कामहरु र त्यसका लागी सरोकारवाला निकायहरुको भुमिकाको बारेमा छलफल गरिएको थियो । तालिम समापन अवसरमा बोल्दै स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले कपिलवस्तु जिल्ला पोषणमा अति संवेदनशिल रहेकोले सबै सरकारी तथा गैर सरकारी निकाय मिलेर पोषण जन्य समस्या समाधानमा लाग्नु पर्ने बताए ।
स्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेको अधयक्षता र सूचना अधिकृत राजन कुमार पोखे्रलको संचालनमा सम्पन्न कार्यक्रममा युनिसेफकका माधव बराल , पुलकेन्द्र सिंह , संजय रिजाल , ज्ञानु भुजेल सुआहारा २ का मिनराज ज्ञवाली लगायतले प्रशक्षिण गरेका थिए ।