arrow

इङलिश प्रिमियर लिगमा टोटनह्याम पाँचौं स्थानमै, साउथह्याम्पटनमाथि चार गोल

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
tottenham.jpeg
सेन्ट मेरी रंगशाला । इङलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर पाँचौं स्थानमा कायमै रहेको छ । बुधबार राति भएको १८ औं खेलमा साउथह्याम्पटनलाई उसकै घरेलु मैदान सेन्ट मेरीमा ४–१ ले हराउँदै टोटनह्यामले पाँचौं स्थानलाई मजबुद बनाएको हो ।
 
Premier League referee Mike Dean was in no doubt and gave Redmond his marching orders with a straight red card
१० जनामा सीमित साउथह्याम्पटनलाई हराउने क्रममा टोटनह्यामका डेले अलीले दुई था ह्यारी काने र ह्युङ मिन सनले एक एक गोल गरे ।
 
Kane had the chance to double his goal tally and increase Spurs' advantage but blazed his penalty high over the crossbar
 
खेलको ५७ औं मिनेटमा साउथह्याम्पटनका नाथन रेडमण्डले रेड कार्ड खाएपछि पाएको पेनाल्टीलाई भने कानेले रोक्न सकेनन् । 
 
Tottenham were awarded a penalty after Dele Alli, who scored twice, was clipped and hauled down by Nathan Redmond
 
यसअघि खेलको दोस्रो मिनेटमै भिर्गिल भान डिकको गोलबाट साउथह्याम्पटनले प्रारम्भिक अग्रता लिएको थियो । यो खेलपछि १८ औं चरणका खेल पनि सकिएका छन् ।
 
Tottenham midfielder Alli then scored his second goal of the evening two minutes later to make the victory certain
 
चेल्सी ४६ अंकसहित शीर्ष स्थानमा छ भने लिभरपुल ४० अंकसहित दोस्रो, ३९ अंकको म्यानचेष्टर सिटी तेस्रो, ३७ अंकको आर्सनल चौथो, ३६ अंकको टोटनह्याम पाँचौं तथा ३३ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
 
सन्डरल्याण्ड, स्वान्सी र हलसिटी रेलिगेशन क्षेत्रमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ