arrow

टेष्ट क्रिकेटमा तेन्दुलकर र कुम्बलेको यो पनि बन्यो कीर्तिमान

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
tendulkar-kumble.jpeg
काठमाडौं । भारतीयहरु केही न केही कीर्तिमान राख्छन् । क्रिकेटको त कुरै बेग्लैछ । क्रिकेटरमा सबैभन्दा बढी कीर्तिमान सचिन तेन्दुलकरका नाममा छ । सबैभन्दा बढी सतकदेखि लिएर रनसम्म पनि उच्च बनाएका तेन्दुलकरको अनौठो कीर्तिमान टेष्ट क्रिकेटमा पनि बनेको छ । त्यो हो सबैभन्दा बढी आउट एलबीडब्लुबाट हुने । 
 
सचिन ६३ पटक एलबीडब्लु आउट भएका छन् । यतिधेरै एलबीडब्लु आउट अहिलेसम्म सचिनलाई कसैले उछिन्न सकेको छैन । सचिनपछि वेस्टइंडीजका शिवनारायाण चंद्रपल ५५ पटक आउट भएका छन् । जबकि इङल्याण्डका ग्राहम गूच ५० पटक एल्बीडब्लु शिकार भएका छन् । 
 
यता बलिङतर्फ एलबीडब्लु आउट पार्नेमा भारतीय बलर अनिल कुम्बले अगाडि छन् । कुम्बलेले सबैभन्दा बढी आउट एलबीडब्लुबाटै गरेका छन् । कुम्बलेले टेस्ट क्रिकेटमा कुल ६१९ विकेट लिएका छन् त्यसमा १५६ विकेट एलबीडब्लु गरेरै लिएका छन् । 
 
त्यसपछिमात्र आउँछन् श्रीलंकन बलर मुथैया मुरलीधरन । मुरलीधरनले ८०० विकेट मध्ये १५० विकेट एलबीडब्लुबाटै लिएका छन् । अष्ट्रेलियाका शेन वार्नले ७०८ विकेटमध्ये १३८ विकेट एलबीडब्लुबाटै लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ