arrow

महिला साफ च्याम्पियनसीप फुटबल: श्रीलंका बिरुद्ध नेपाल बिजयी

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
silgudhi-team-nepal.jpeg
काठमाडौं। चौथो महिला साफ च्याम्पिनसीप फुटबलमा नेपालले श्रीलंकालाई १-० गोलले पराजित गरेको छ। यो बिजयसँगै नेपालले समुह चरणमा सबै खेल जित्दै सेमीफाईनलको यात्रा तय गरेको छ। 
 
यसभन्दा अगाडीका खेलमा सहज जीत हात पारेको नेपालले श्रीलंका बिरुद्ध खेलको ८८औं मिनेटमा गोल गर्दै जीत निकालेको हो। सपना लामाले प्रहार गरेको कर्नर श्रीलंकाको डिफेण्डरलाई छुँदै गोल भएको थियो। 
 
नेपालकी स्टार सट्राईकर साबित्रा भण्डारीको केही प्रयास बिफल भएको थियो भने ७१औं मिनेटमा साबितरा अफसाईड  भएर प्रहार गरेको गोलेल जाली चुमेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ