arrow

दलहरुवीच प्याकेजमै सहमति हुन्छ : कानूनमन्त्री नायक

logo
प्रकाशित २०७३ पुष १५ शुक्रबार
nayak.jpeg
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले प्रमुख दलहरुवीच संविधान संशोधन प्रस्ताव, निर्वाचन र महाअभियोगको प्रस्तावबारे प्याकेजमै सहमति हुने विश्वास व्यक्त गरेका छन्। 
 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो खुलासा गरेका हुन्। ‘यही हप्ताभित्रै अवरुद्ध संसद सूचारु हुन्छ, संविधान संशोधन प्रस्ताव अब प्रक्रियामा जान्छ, दलहरुवीच प्याकेजमै सहमति हुन्छ’,उनले भने।
 
मन्त्री नायकले सरकार दलहरुवीच सहमति कायम गरेर नै अघि बढ्न चाहेको स्पष्ट पारे। उनले भने,‘सरकार पेलेरै जाने मनशायमा छैन, हामी सबै दलहरुलाई सहमति र विश्वासमा लिएर अघि बढ्न चाहन्छौं, तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेपनि राष्ट्रिय पार्टीको भूमिका निर्वाह गर्नुपर्छ।’
उनले सरकारले संविधान संशोधन प्रस्ताव ल्याउने वित्तिकै प्रतिपक्षी दल एमाले यसको विरुद्धमा आक्रमक रुपमा प्रस्तुत भएको उल्लेख गर्दै भने,‘एमालेले संशोधन प्रस्तावको विरुद्धमा आक्रमक अभिव्यक्ति दिएको थियो, मधेशी मोर्चाका साथीहरुले पनि उत्तजेति भएर धारणा राखेका थिए, तर अहिले आएर वर्तमान धरातल र यर्थातलाई उहाँहरुले आत्मसात् गर्नुभएको छ, सुरुका दिनमा दुईवटा अति देखिएका थिए।’
 
उनले पछिल्लो समय गलत ढंगले राष्ट्रियताको विषयमा व्याख्या भैरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘राष्ट्रियताको विषयलाई तानातानाको विषय जो अहिले बनाईएको छ, यो कसैलाई सुहाएको छैन्।’ उनले संविधान कार्यान्वयन भैरहेको समेत स्पष्ट पारे। मन्त्री नायकले अघि भने,‘संविधान कार्यान्वयन भैरहेको छ नि, यसको अभ्यास गरिरहेका छौं, अब निर्वाचन गर्नुपर्छ, स्थानीय तहको निर्वाचन हुन्छ।’ उनले संविधानको कार्यान्वयनको लागि निर्वाचन अनिवार्य आवश्यकत्ता रहेको बताउँदै सरकार निर्वाचनको वातावरण बनाउन गम्भिर रुपमा लागिपरेकोसमेत जनाए। 
 
एमालेले संशोधन प्रस्ताव असंवैधानिक भएको भनेर लगाएको आरोपको खण्डन गर्दै मन्त्री नायकले भने,‘यी सबै गलत कुराहरु हुन्, एमालेको यो तर्कमा कुनै दम छैन्।’ एमालेले भाँडभैलो र अराजकता ल्याउने काम गरिरहेको समेत उनको आरोप थियो। उनले जारी राजनीतिक गत्यावरोध हटाउनको लागि मिडियाले पनि सशक्त भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए। उनले अघि भने,‘दुई-चार, पाँच दिन मिडियामा यस्तै खाले बहस भयो भने, सहमतिको वातावरण बन्छ।’मन्त्री नायकले मुलुक अब निर्वाचनमा जाने बताउँदै भने,‘ढुक्क हुनुहोस्, अब मुलुक निर्वाचनमा जान्छ, एमालेले अब उदारता देखाउनुपर्छ, सदनपनि चल्छ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ