arrow

करेन्टबाट दुईको मृत्यु

logo
प्रकाशित २०७३ पुष १६ शनिबार
death.png
इलाम । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाईमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । 
 
त्यस्तै  भीमदत्तनगरमा नुहाउनका लागि पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर शुक्रबार कञ्चनपुर, भीमदत्त नगरपालिका–८ मटेनाका ६३ वर्षीय धर्मानन्द पन्तको मृत्यु भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तार जोड्ने क्रममा पन्तलाई करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । घटनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बम नेतृत्वको टोली घटनास्थल पुगेको थियो । शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ