arrow

स्थानीय चुनाव लागिसक्याे मोरङ कांँग्रेसलाई

गाउँगाउँ पुग्दै केन्द्रीय नेता र सांसद

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष १६ शनिबार
Congres-FNL.jpg.jpeg

विराटनगर । सरकारले स्थानीय तहको  निवार्चन  मिति घोषणा गर्न नसकिरहेका बेला मोरङ काँग्रेसलाई चुनाव लागिसकेको छ । नेपाली काँग्रेसले  निर्वाचनका लागि कार्यकर्तालाई संगठित बनाउन गाउँ, नगर र वडामा सभा सम्मेलन शुरु गरेको छ  । शहरदेखि गाउँसम्म काँग्रेसको सभा सम्मेलन हुन थालिसकेका छन् ।

काँग्रेस केन्द्रीय नेताहरुकै उपस्थितिमा सभा सम्मेलनहरु हुन थालेका छन् । काँंग्रेस नेताहरु फुर्सदिला समेत देखिन्छन् । पहिले स्थानीय निकायको निर्वाचन गराउन सरकारलाई दबाब दिँदै आएको काँग्रेसले निर्वाचनको माहोल तयार पार्न समेत केन्द्रीय नेताहरुको सहभागिता गाउँ केन्द्रित कार्यक्रम गर्न थालेको छ ।

मधेशी समुदायको बाहुल्यता रहेको क्षेत्रमा मधेशी नेताहरुलाई समेत सहभागि गराएर मोरङ काँग्रेसले कार्यक्रम गर्न थालेको छ । मधेशमा काँग्रेसको पकड बलियो भएकाले जिल्लाको दक्षिणवर्ती क्षेत्रलाई समेट्नेगरी मोरङ काँग्रेसले कार्यक्रम गर्दै आएको जनाएको छ ।

पार्टीलाई थप सुद्धिढ बनाउदै निर्वाचनको तयारीका लागि गाउँगाउँमा सभा सम्मेलन छलफल शुरु भएको नेपाली काँग्रेस मोरङका सभापति एंव सांसद डिकबहादुर लिम्बुले बताए । काँग्रेसको बलियो पकड रहेको विराटनगरमा शनिबार मात्र एक दर्जन वडामा सम्मेलन तथा त्यतिकै संख्यामा गाउँ सम्मेलन भइरहेको पार्टी सभापति लिम्बुको भनाई छ ।

विराटनगरमा दिनहु वडा सम्मेलन भइरहका छन् । एकहप्ता भित्र २२ वटै वडामा वडा सम्मेलन हुने बताइएको छ ।  लामो समयसम्म स्थानीय निकायको निर्वाचन नभएकाले निर्वाचनका लागि माहोल तयार पार्न समेत काँग्रेस लागेको उनको भनाई छ ।

पार्टीले घरघरमा गएर कार्यकर्ताहरुलाई जागरुप बनाउन अभियाननै शुरु गरेको छ  । स्थानीय तह वा पुरानै संरचनाको स्थानीय निकाय जुन सुकै निर्वाचन भएपनि आफुहरु तयार रहेको पार्टी सभापति लिम्बुले बताए ।

काँग्रेसको अभियानालाई सफल बनाउन अहिले नेपाली काँग्रेसका सांसदहरु गाउँगाउँ पुग्न थालेका छन् । काँग्रेस केन्द्रीय सदस्य एंव सांसद डा.शेखर कोइराला, महेश आचार्य, डा. मिनेन्द्र रिजाल, अमृत अर्याल, डिकबहादुर लिम्वु तथा क्षेत्र न ३ का सांसद दिलिप गच्छदारसहितका नेता गाउँगाउँ पुगिरहेका छन् ।

मोरङको क्षेत्र नम्बर १ देखि ९ वटै क्षेत्रमा घरदैलो कार्यक्रम भइरहेको नेपाली काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए ।  प्रत्येक दिन डेढदर्जन बढी स्थानमा कार्यक्रम भइरहेका छन् ।

वडा सम्मेलन पछि माघ अन्तिममा जिल्ला सम्मेलन हुने मोरङ काँग्रेसले जनाएको छ । विराटनगरमा पार्टीको कार्यक्रम भएमा विराटनगर देखि ४० किलोमिटर पूर्वका पार्टी नेताहरु जाडोको समेत परवाह नगरी कार्यक्रममा सहभागि भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ