arrow

इस्तानबुल आक्रमणमा ३९ को मृत्यु, १६ विदेशी, १ प्रहरी

logo
प्रकाशित २०७३ पुष १७ आइतबार
turkey.jpeg

एजेन्सी ।  टर्कीको इस्तानबुलस्थित एउटा रात्रि क्लवमा भएको आक्रमणमा ३९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ विदेशी नागरिक छन् ।  इस्तानबुलका गभर्नरले मृत्यु हुनेमा एक प्रहरी अधिकारी समेत रहेको बताएका छन् । उनले यो चरमपन्थी आक्रमण भएको बताएका छन् । अर्टाकोएमा रहेको रेयना नामक रात्रि क्लवमा आक्रमण भएको हो ।

नेपाली समय अनुसार आइतबार बिहान ५ः१५ बजे (स्थानीय समयअनुसार राति साढे १ बजेतिर) भएको आक्रमणमा कम्तिमा पनि ४० जना घाइते भएका छन् । सीएनए टर्कीका अनुसार आक्रमणकारी ‘सान्टा क्लस’को पहिरनमा क्लव छिरेका थिए ।

आक्रमणताका क्लवमा सयौं व्यक्तिहरु अंग्रेजी नयाँ वर्षको खुसीयाली मनाइरहेका थिए । आक्रमणकारीले अन्धाधुन्द बन्दुक चलाएको सीएनए टर्कीले जनाएको छ । केही समयअघि भएको चरमपन्थी हमलालाई मध्यनजर गर्दै इस्तानबुलमा उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । जहाँ करिब १७ हजार सुरक्षाकर्मी तैनाथ थिए । पछिल्ला अधिकांश हमला चरमपन्थी इस्लामिक स्टेट र कुर्द विद्रोहीले गरेका बताइँदैछ ।

इस्तांबुल

तुर्की में हमला

अंकारा में 13 मार्च 2016 को हुए हमले का फाइल फोटो
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ