arrow

३५ रुसी कूटनीतिज्ञले अमेरिका छाडे, ट्रम्प–पुटिन सम्बन्ध चिसिने सम्भावना

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
russian-35.jpeg
काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले निष्काशन गरेका ३५ जना रुसी कूटनीतिज्ञले अमेरिका छाडेका छन् । निष्काशनमा परेका कूटनीतिज्ञहरुले परिवारसहित अमेरिका छाडेका हुन् । 
 
उनीहरु मस्कोका लागि एकैपटक उडेको अमेरिकाका लागि रुसी राजदूतावासका प्रवक्ताले बताएको तास समाचार एजेन्सीले उल्लेख गरेको छ । 
 
Russian guard outside US embassy in Moscow, 29 Dec
 
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा साइबर आक्रमणमा संलग्न रहेको आरोप लगाउँदै उनीहरुलाई बाराक ओबामाले ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका थिए ।
 
राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको जिकीर गरेका थिए ।
 
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेको आरोपसंगै रुसको आलोचना भइरहेको छ । ओबामा प्रशासनले रुसी कूटनीतिज्ञ फिर्ता पठाएपछि ट्रम्प र पुटिनबीचको सम्बन्ध चिसिने सम्भावना बढेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ