arrow

संसदमा अराजक र उद्दण्ड नबन्न आफ्नै सांसदलाई ओलीको निर्देशन

कफन बाँधेर विरोधमा उत्रिने झलनाथको टिप्पणी

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
K.P.-Oli.jpg.jpeg
काठमाडौं । एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले संसदमा अराजक र उद्दण्ड नबन्न तथा गैरसंसदीय काममा सरिक नहुन सांसदलाई निर्देशन दिएका छन् । उनले आफूहरूले संसदभित्र मर्यादित र शान्तिपूर्ण तारिकाले विरोध गर्ने भएकाले नेतृत्वको निर्देशनअनुसार चल्न निर्देशन दिएका हुन् ।
 
पार्टी संसदीय दलको बैठकमा सोमबार सांसदलाई निर्देशन दिँदै ओलीले संविधान संशोधन प्रस्ताव अघि बढ्न नदिने बताए । ‘एमाले संसदमा मेचटेबुल भाँच्ने, माइक फुटाउने पार्टी होइन, शान्तिपूर्ण र मर्यादित विरोध गर्ने हो । तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं’, उनले भने ।
 
नेतृत्वको संकेत र भाषा बुझेर अगाडि बढ्न उनले सांसदहरुलाई आग्रह गरे । ‘केही गर्नुपर्‍यो भने हामी अगाडिबाट कमान्ड गर्छौं, तपाईंहरू भाषा बुझ्नुहोला, बीचैमा उभिएर प्रस्तुत हुने अभद्र र अमर्यादित स्थिति हामीबाट हुनुहुँदैन, अगाडिबाट जे कमान्ड हुन्छ ।
 
तपाईंहरूले त्यसैलाई निर्देशनका रूपमा मान्नुहोलाु, उनलाई उद्धृत गर्दै एक सांसदले भने ।
तीन दलको सोमबारको बैठकमा आफूले सत्तापक्षका नेतालाई संशोधन प्रस्ताव अघि बढ्न नदिने र बढ्न नसक्ने बताएको ओलीले जानकारी दिए ।
 
 ‘रातारात चोर बाटोबाट ल्याइएको, राष्ट्रलाई दीर्घकालीन रूपमा अहित गर्ने संशोधन प्रस्ताव कुनै हालतमा एमालेले अघि बढ्न नदिने सत्तापक्षलाई आज पनि बताएको छुु, ओलीलाई उद्धृत गर्दै सांसद डा राजन भट्टराईले भने ।
 
‘एमाले संसदमा मेचटेबुल भाँच्ने, माइक फुटाउने पार्टी होइन, तपाईंहरू नेतृत्वको निर्देशनअनुसार चल्नुहोला, हामी अगाडि हुन्छौं ।’
 
ओलीले प्रदेश २ मा पनि पहाड मिलाएर विगतमा भएको कमजोरी सच्याइने बताए । प्रदेश २ सुक्खा प्रदेश भएको गुनासो आफ्नै पार्टीभित्रबाट आएको बताउँदै ओलीले संविधान कार्यान्वयन गर्दै जाँदा दुई नम्बर प्रदेशमा पनि पहाड मिलाउने जानकारी गराए ।
 
‘दुई नम्बर प्रदेशलाई किन सुक्खा प्रदेश बनाइयो भन्ने आवाज दुई नम्बर प्रदेशकै जनताबाट आएको छु, ओलीले भने, ‘हिजो संविधान बनाउँदा यसमा कमजोरी भएको छ । समयक्रममा संविधान कार्यान्वयन गर्दै जाँदा यस प्रदेशमा पहाड पनि मिसाउनुपर्छु, उनले भने ।
सासंदहरूलाई सरकारले संसदमा विवादित संशोधन प्रस्ताव टेबुल गरे प्रतिकार गर्नसमेत अह्राए । सरकार संशोधन प्रस्ताव सजिलै फिर्ता गर्ने पक्षमा नरहेको भन्दै उनले निकै ठूलो धक्का आवश्यक रहेको बताए ।
 
विरोधसभाको नारा तयार
एमालेलगायत विपक्षी दलले २२ गते गर्न लागेको विरोधसभाका लागि विभिन्न नारा तयार गरिएको छ । पार्टी सचिव प्रदीप ज्ञवालीको अध्यक्षतामा मूल व्यवस्थापन उपसमितिको सोमबार बसेको बैठकले यसका लागि नारा तयार गरेको हो ।
 
 ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनविरुद्ध राष्ट्रिय एकता, संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिबद्धताु भन्ने मूल नारा र संविधान संशोधन विधेयक खारेज गर, निर्वाचन मिति घोषणा गर, संविधानमाथिको प्रतिघात संशोधनमार्फत राष्ट्रघातलगायत नारा तय गरेको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ ।
 
कफन बाँधेर सडकमा उत्रन्छौः खनाल
 
एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधन प्रस्तावविरुद्ध आफूहरू कफन बाँधेर सडकमा उत्रन तयार भएको बताएका छन् । एमाले भक्तपुर प्रचार विभाग र प्रेस चौतारी भक्तपुरले सोमबार भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा वरिष्ठ नेता खनालले संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत हुनै नदिने बताए ।
 
संविधान संशोधन प्रस्ताव संसदे्मा प्रस्तुत गरिए त्यसको सशक्त प्रतिकार गर्ने चेतावनीसमेत उनले दिए ।
‘संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा संसदमा प्रस्तुत गर्न दिँदैनौुं, वरिष्ठ नेता खनालले भने, ‘सत्ता पक्षले जबरजस्ती गरे त्यसको प्रतिकार गर्छौं ।ु उनले संविधान संशोधन प्रस्ताव मुलुकलाई विखण्डनतिर लाने उद्देश्यले ल्याइएको दाबी गरे ।
सत्ता पक्षलाई खबरदारी गर्न एमाले नेतृत्वमा नौ दलले पुस २२ गते काठमाडौंमा बृहत् जनसागर प्रदर्शन गर्न लागेको उनले जानकारी दिए । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ