arrow

खानीखोलाको साधारण सेयर सूचीकृत

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
stock-exchange.jpeg
काठमाडौँ। नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । 
 
स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर मंगलबार सूचीकृत भएको हो । ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका लागि स्टकमा निवेदन दिएको थियो । प्रसारण लाइनको अभावमा ती आयोजनाबाट उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुँदै आएको छ । 
 
नेपाल विद्युत् प्राधिकरणले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । यस्तै स्टकले मंगलबारै लुम्बिनी फाइनान्स कम्पनीको पनि सेयर मूल्य समायोजन गरेको छ । समायोजन भएपछि फाइनान्सको प्रतिकित्ता सेयर रु २८१ कायम गरेको छ । फाइनान्सले गत आवमा गरेको मुनाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने घोषणा यसअघि नै गरिसकेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ