arrow

प्रधानमन्त्रीले त्रिविको सिनेटमा भने-अति राजनीति नगर्नुस्

स्वायत्त र उत्कृष्ट केन्द्र बनाउनुस्

logo
प्रकाशित २०७३ पुष २० बुधबार
PM-TU-sinet.jpeg

काठमाडौँ स । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय सभाको ४२औँं साधारण बैठक सिनेटमा प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरे ।

प्रधानमन्त्री दाहालले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने भन्दै यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे ।

त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे ।

उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पुर्‍याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री दाहालले भने, ‘शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रिकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ ।’

शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै यसबाट उत्पादित प्रतिस्पर्धी विद्यार्थी विश्व बजारमा स्थान पाउन सकुन् भन्ने प्रधानमन्त्रीको अपेक्षा छ ।

उपकुलपति तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता जनाए ।

विश्वभरीका विश्वविद्यालयमध्ये त्रिवि हाल ४२४१ औँं स्थानमा छ । त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् । बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ