arrow

इङलिश प्रिमियर लिगमा चेल्सीको विजयी यात्रामा पूर्णविराम, टोटनह्यामले खेल्यो भिलेन

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
tottenham.jpeg
ह्वाइट हार्ट लेन । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको कीर्तिमानी विजयी यात्रामा पूर्णविराम लागेको छ । लगातार १३ खेल जितेर कीर्तिमान रचेको चेल्सी बिहीबार बिहान भएको खेलमा टोटनह्याम हट्सपरसंग २–० ले पराजित भएको हो । टोटनह्यामकै मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन डेले अलीले दुवै गोल गरे ।
Dele Alli doubles his tally for the evening with another wonderful headed finish as Tottenham stunned London rivals Chelsea
 
४५ औं मिनेटमा पहिलो गोल गरेका अलीले ५४ औं मिनेटमा अर्को गोल थपेका थिए । क्रिष्टियन इरिक्सेनको क्रसमा अलीले हेडर गोल गर्दै गोलमा खाता खोलेका थिए । यो सिजनमै २० वर्षे अलीले १० गोल गरिसकेका छन् ।
 
Tottenham midfielder Alli times his jump perfectly and prepares to head the ball in the build-up to the hosts' opener
 
यो खेलसंगै टोटनह्यामले पनि आफ्नो उपाधि दावेदारीलाई कामयै राखेको छ । २० औं चरणको समाप्तिसम्म ४९ अंकसहित चेल्सी शीर्ष स्थानमा कायमै छ ।
The 20-year-old midfielder celebrates with Tottenham substitute Harry Winks after scoring his side's second goal
४४ अंकको लिभरपुल दोस्रो स्थानमा छ भने ४२ अंकबाट टोटनह्याम तेस्रो स्थानमा चढेको छ । 
 
Alli meets Eriksen's perfect cross with a superb placed header which opened the scoring for Spurs in north London
 
४२ अंकबाटै म्यानचेष्टर सिटी चौथो तथा ४१ अंकबाट आर्सनल पाँचौं स्थानमा धकेलिएको छ । 
Alli celebrates his first-half goal by encouraging the home fans to increase the volume at White Hart Lane
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ