arrow

कञ्चनपुरका दृष्टिबिहीनलाई कम्प्युटर तालिम

प्रकृतिले ठगेका व्यक्तिलाई प्रविधिले ठग्न नसक्ने चरतिार्थ

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष २१ बिहिबार
mainpic_sp_ct.jpeg
कञ्चनपुर ।  प्रकृतिले ठगेका अपाङ्गतता भएका व्यक्तिलाई प्रविधिले ठग्न नसक्ने कुरा चरितार्थ पार्दै कञ्चनपुरमा  दृष्टिबिहीनका लागि निःशुल्क कम्प्युटर तालिम शुरु गरिएको छ । बुधबार  जिल्ला विकास समिति कञ्चनपुरको हलमा उक्त तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।
 
 सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्टिविहिन संघ नेपालको आयोजनामा ‘दृष्टिबिहीन’हरुका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम संचालन गरिएको हो ।  जिल्ला विकास समिति कञ्चनपुरका योजना अधिकृत सिद्धराज पन्तले उक्त तालिमको उद्घाटन गरेका छन् । तालिमको उद्घाटन गर्दै सपाङ्ग व्यक्ति सरह अपाङ्गता भएका व्यक्तिहरुले पनि प्राविधिक सिप सिकेर व्यवसायिक बन्न सक्ने आशा व्यक्त गरे। 
 
कम्प्युटर तालिम प्रशिक्षक नवराज जोशीले आफुले दृष्टिबिहीनलाई निकै मेहनत गरेर कम्प्युटर सिकाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले अपाङ्गता भएका प्रशिक्षार्थीले सिकेको ज्ञान सिपलाई सपाङ्ग सरह व्यवहारिक रुपमा प्रयोग गर्न सक्ने बनाउने गरी मिहिनेतपूर्वक सिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 
सुदूरपश्चिमाञ्चल सामुदायिक दृष्ट्रिविहिन संघ नेपालका अध्यक्ष बलराम पन्तले एभिलियन फाउण्डेशनको आर्थिक सहयोगमा दृष्टिबिहीनहरुका लागि कम्प्युटर तालिम शुरु गरिएको बताए । अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्ग सरह सिकेको ज्ञान सीपलाई व्यवहारिक रुपमा प्रयोग गर्न सक्छन् भन्ने उद्देश्यले कम्प्युटर तालिम दिन लागेको बताए ।
 
सुदूरपश्चिमका विभिन्न जिल्लाका २५ जना दृष्टिबिहीनको सहभागिता रहेको  छ । ६ ओटा कम्प्युटरमा ‘जज’ नामक सफ्टवेयर जडान गरी  तालिम अध्यक्ष पन्तले बताए । प्रति प्रशिक्षार्थी मासिक खाजा खर्चका लागि दुई हजार चार सय रुपैँया समेत उपलब्ध गराईएको अध्यक्ष पन्तले जानकारी दिए ।
  
उक्त सफ्टवेयरले बिभिन्न ध्वनि दिने र सोही ध्वनिका आधारमा दृष्टिबिहीनले कम्प्युटर चलाउन सक्ने प्रवधि जडान गरिएको प्रशिक्षक जोशीले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ