arrow

ममताको उपचारार्थ ३ लाख सहयोग संकलन

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७३ पुष २१ बिहिबार
Mamata-bachau-abhiyan.jpeg
महेन्द्रनगर। स्वर्गीय पत्रकार कर्ण बोहराकी श्रीमती ममता बोहराको उपचारार्थ रकम संकलनका लागि थालिएको ममता बचाउ अभियान अन्तर्गत अहिलेसम्म ३ लाख रुपैया जम्मा भएको छ । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीका अनुसार हालसम्म विभिन्न क्षेत्रबाट दाताहरुको सहयोगमा उक्त रकम जम्मा भएको जनाएको छ । तिवारीले भने ‘सानो–सानो सहयोगले ठूलो राशी हुने र यसले ममताको उपचारमा सघाउ पुग्नेछ’ । यसका लागि सहयोगीदाताहरुलाई धन्यवाद दिन चाहन्छु ।    
 
यसैगरी बिहीबार हिन्दु धर्म निकट राधे–राधे मातृ–शक्ति परिवार महेन्द्रनगरले ममता बचाउ अभियानलाई रु १५ हजार सहयोग गरेको छ । मातृ शक्ति परिवारका सदस्यहरुबाट उक्त रकम संकलन गरी रकम मातृशक्ति परिवारका संयोजक कमला सापकोटाले पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मण तिवारीलाई हस्तान्तरण गरेका छन् । 
 
मातृ–शक्ति परिवार भीमदत्त नगरपालिका–१८ कटान वरपिपलमा रहेको राधाकृष्ण मन्दिर प्रबन्ध समिति अन्र्तगत आमा समूहको उप–समिति हो । ममताको शिघ्रस्वास्थ्य लाभको कामना गर्दै उक्त रकम हस्तान्तरण गरेको हो । संयोजक सापकोटाले भनिन–‘हाम्रो सानो सहयोगले ममताको उपचारलाई केही राहत होला भनेर रकम संकलन गरेका हौ’ ।  
 
मातृ–शक्ति परिवारले १६ पुसमा निम्बुखेडामा रहेको कृष्ण मन्दिरमा पिकनिकको आयोजन गरेको थियो । पिकनिकमा सहभागी सम्पूर्ण आमाहरुले ममताको उपचारकालागि सहयोग गर्नुका साथै भगवानसँग ममताको स्वास्थ्यलाभको कामना गरेको संयोजक सापकोटाले बताइन् । 
 
रकम हस्तान्तरण कार्यक्रममा परिवारका नारा जोशी, लक्ष्मी जोशी, टिका खरेल,भावना के.सी र उर्मिला खरेल लगायतका आमाहरुको सहभागी थिए । यसै गरी नेपालगञ्ज निवासी हाल दाङ्ग लमही ग्रामिण बिकास बैंक लिमिटेडमा कार्यरत कुशुम थापाले ५ हजार र सुर्खेत निवासी ५ हजार ५ सय रुपैया ममातको उपचारका लागि पत्रकार महासंघ कञ्चनपुरलाई पठाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ