एजेन्सी । बलिउड अभिनेता आमिर खानको चलचित्र 'दंगल' भारतमा सबै भन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । भारतमा अहिले सम्म सबैभन्दा ज्यादा कमाउनेमा चलचित्र 'पेके' थियो । भारतको सो सुचिमा 'दंगल' पछि दोस्रो नम्बरमा 'पीके' छ भने तेस्रो नंबरमा 'बजरंगी भाईजान', चौथो नम्बरमा 'सुलतान', र पाँचौमा 'धूम ३' रहेको छ ।भारतमा 'दंगल'ले अहिले सम्ममा कुल कमाइ ३४१.९६ करोड रहेको छ । 'पीके' ले ३४०.८ करोड रुपैया गरेको थियो भने 'सुलतान' ले करीब ३१६ करोड कमाइएको थियो ।
'दंगल' ले भारतमा रिलिजको दिन २९.७८ करोड कमाएको थियो भने १० औ दिन सम्ममा २७०.४७ करोड कमाएको थियो । चलचित्रले विश्व भरबाट कुल ६४८.८५ करोड कमाएको छ । चलचित्रले ६४८.८५ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा तेस्रो स्थानमा रहेको छ ।
सन् २०१४ मा रिलिज भएको 'पीके'ले रिलिजको पहिलो दिन २६ करोड कमाएको थियो । त्यस्तै चलचित्रले १० औ दिन भित्र भारतभर करिब २५० करोड कमाएको थियो । चलचित्र ७९२ करोड कमाउदै बलिउडकै सबैभन्दा ज्यादा कमाउने चलचित्रको सुचिमा पहिलो स्थानमा छ ।
'दंगल' दैनिक कामाइको आधारमा आमिरको चलचित्र 'पीके', 'धूम','थ्री इडियट्स' र 'गजनी' भन्दा अगाडि रहेको छ । 'दंगल' हरियाणाका पहलवान महावीर सिंह फोगाटको जीवनमा आधारित छ । चलचित्रमा महावीर सिंहले समाजमा छोरिहरु प्रतिको नकारात्म दृष्टिकोणलाई तोड्न सफल देखिन्छन् ।सो कमाइको हिसाबमा 'दंगल' ले 'पेके' को रेकर्ड तोडे्ने देखिन्छ ।