arrow

८२ जना न्यायाधीश सिफारिस गर्न डाकिएको बैठक स्थगित

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
court.jpeg

काठमाडौँ । उच्च अदालतका लागि ८२ जना न्यायाधीशको नियुक्ति लागि सिफारिस गर्नका लागि बसेको न्याय परिषदको मंलबारको बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले केही प्राविधिक काम बाँकी रहेको हुँदा बिहीबार बस्ने गरी बैठक स्थगित भएको जानकारी दिए ।

प्रधानन्यायाधीश सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको नियुक्तिको लागि टुङ्गो लगाउने भनिएपनि त्यसो हुन सकेन । सात प्रदेशमा रहेको उच्च अदालतका लागि न्याय सेवा, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ८२ जना न्यायाधीश नियुक्ति गर्ने हुनेछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ