काबुल । अफगानिस्तानको राजधानी काबुलमा संसद भवननजिकै भएका दुई वटा भयानक बम विस्फोटमा परी ३० बढीको मृत्यु भएको छ । मंगलबार व्यस्त समयमा भएको विष्फोटमा परी ८० बढी घाइते भएका छन् ।
सरकारी गेष्टहाउस नजिक भएको विष्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । उक्त विष्फोटमा परी युएईका राजदूतसहित १४ जना घाइते भएका थिए ।
अर्को विष्फोटमा अन्यको मृत्यु भएको थियो । दुवै विष्फोट आत्मघाती रहेकोसमेत बताइएको छ ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको अफगान सरकारले जनाएको छ ।
दुवै बम विष्फोटको जिम्मा तालिवानी आतङ्ककारी समूहले लिएको छ ।